Logo

२०८३, आश्विन ९गते


images
images

पोखराको अमरसिंह उच्च माविका ३७ विद्यार्थीले संस्कृत विषयको परीक्षा दिंदै

पोखराको अमरसिंह उच्च माविका ३७ विद्यार्थीले संस्कृत विषयको परीक्षा दिंदै

images
  • सेतोमसी सहकर्मी
  • पोखराको अमरसिंह उच्च माविका ३७ विद्यार्थीले संस्कृत विषयको परीक्षा दिंदै
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरास्थित अमरसिंह उच्च माविमा यस वर्षको कक्षा ११ मा अध्ययनरत ३७ जना विद्यार्थीले संस्कृत विषयको परीक्षा दिने भएका छन् । उनीहरु सबै विज्ञान संकायमा अध्ययनरत छन् 
    परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई सहजता प्रदान गर्न शुक्रबार विद्यालयमा अभिमुखी कार्यक्रम आयोजना गरिएको छ । 

    images
    images
    images

    कार्यक्रममा सहभागी विद्यार्थीलाई चिन्तामणि योगी, विश्व हिन्दू महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर खराल, महासंघको मातृशक्ति परिचालन समिति गण्डकी प्रदेश अध्यक्ष पार्वता पौडेल, विद्यालयका संस्कृत विषयका शिक्षाक बलराम पोखरेलले संस्कृत भाषा र यसको इतिहासबारे जानकारी गराएका थिए । 

    images
    images
    images

    डा. योगीले हरेक शिक्षाको विकासका लागि संस्कृत अनिवार्य रहेको बताए । उनले संस्कृत शिक्षा विश्वका धेरै देशमा कक्षा १ देखि १२ सम्मनै अनिवार्य शिक्षामा राखिने गरेको बताए । 

    images
    images
    images

    नेपालको सरकारी विद्यालयमा विज्ञान विषयमा अध्ययनरत विद्यार्थीले संस्कृत विषय पढेको इतिहासमै पहिलो भएको उनले बताए । पहिलो पटक संस्कृत विषय पढाएर अमरसिंह उच्च माविले निकै प्रशंसनीय कार्य गरेको भन्दै यसबाट धेरै राम्रो सन्देश प्रवाह हुने बताए । कार्यक्रम विज्ञान संकायकी विभागीय प्रमुख रुना श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमरसिंह उच्च मावि
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।