ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ असार ३ गते बिहिबार । तदनुसार १७ जुन २०२१ । श्री माता सरस्वतीको दर्शन गरी आजको पञ्चाङ्ग र राशिफल हेर्नुहोस ।
आजको पञ्चाङ्ग
वि.सं. असार ०३, २०७८ । ई.सं. 17 Jun, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ तछलाथ्व । उत्तरायण । ग्रीष्म । बिहीवार । ज्येष्ठ शुक्लपक्ष । तिथि - सप्तमी , १७:५५ बजे उप्रान्त अष्टमी । नक्षत्र - पूर्वफाल्गुनी , १८:५८ बजे उप्रान्त उत्तरफाल्गुनी । योग - सिद्धि , २६:२५ बजे उप्रान्त व्यतीपात । करण - गर ६:३१ बजेदेखि वणिज , १७:५५ बजे उप्रान्त कौलव । चन्द्रराशि - सिंह । आनन्दादि योग - गद । दिनमान ३४ घडी ३५ पला । सूर्योदय ५:१० । सूर्यास्त १९:०० । कुमारयात्रा ।
आजको राशिफल:
मेष - ARIES (चु, चे, चो, ला, ली, लु, ले, लो, अ)
आकस्मिक धन प्राप्तिको योग छ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवारबाट सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आम्दानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ ।
वृष - TAURUS (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)
मेहनतसाथ गरेको काम सफल हुनेछ । यात्रा अर्थपूर्ण हुनेछ । धनआर्जनको योग बनेको छ । उपहार प्राप्त हुनेछ । आकस्मिक धन प्राप्तिको योग छ । यश प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहनेछ । प्रेममा सफल हुने दिन छ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेका छन् ।
मिथुन - GEMINI (का, की, कु, घ, ङ, छ, के, को, हा)
परिवारबाट सहयोग मिल्नेछ । कर्म प्राप्त हुनेछ । आज नयाँ कामको थालनि हुने दिन छ । व्यवसायमा सफलता मिल्नेछ । शिक्षा क्षेत्र सफल रहनेछ । मेहनतसाथ गरेको काम सफल हुनेछ । विद्यार्थी तथा जागिर गर्नेहरुका लागि आजको दिन फलदायी हुने देखिन्छ ।
कर्कट - CANCER (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
यात्राको योग छ । आकस्मिक धनलाभ हुने दिन छ । स्वास्थ्य राम्रो रहनेछ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ । व्यवसाय राम्रो रहला ।
सिंह - LEO (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
घाँटिको समस्या आउनेछ । मनमा असन्तोष बढ्नेछ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यक रुपमा धन क्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नुहोला । अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला ।
कन्या - VIRGO (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्य राम्रो रहनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।
तुला - LIBRA (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
धनक्षय हुने दिन छ । प्रियजन संग बिछोड । शारीरिक समस्याले मनमा चिन्ता बढ्नेछ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जाने छैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला ।
वृश्चिक - SCORPIO (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
पराक्रम बढ्नुका साथै श्रीवृद्धि हुनेछ । कामहरु बन्दै जानेछन । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।
धनु - SAGITTARIUS (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
मनले चिताएको काममा सफलता मिल्ने योग छ । रोकिएका कामहरु पुरा हुनेछन् । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।
मकर - CAPRICORN (भो, जा, जी, खी, खु, खे, खो, गा, गी)
यात्राको अवसर प्राप्त हुनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।
कुम्भ - AQUARIUS (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
मनमा चिन्ता बढ्नेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । मन खिन्न रहनेछ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला ।
मीन - PISCES (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । बाहनबाट सुख मिल्ने छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । पत्नी तथा प्रेमीकाबाट सहयोग मिल्नेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छ ।आज नयाँ कामको थालनि गर्दा राम्रो हुनेछ ।
नोट : ज्योतिष परामर्शको लागि कालिकादेवी ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्रमा सम्पर्क गर्नुहोस् ।
सम्पर्क :- ९८४३२०८४८२ / ९८६७३८८३०२
(प्रत्यक्ष परामर्शको लागि बिहान ६ बजे बाट ११ बजे सम्म । साथै अनलाइन तथा फोनबाट पनि स:शुल्क सेवा उपलब्ध रहेको छ ।)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology