Logo

२०८३, कार्तिक २७गते


images
images

बेलायतको संसदले लगायो टिकटकमा प्रतिबन्ध

बेलायतको संसदले लगायो टिकटकमा प्रतिबन्ध

images
  • बेलायतको संसदले लगायो टिकटकमा प्रतिबन्ध
    images

    काठमाडौं । बेलायतको संसदले सुरक्षाको जोखिम रहेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाएको छ। तत्कालका लागि संसद्को वाईफाई नेटवर्कबाट टिकटक नखुल्ने बनाइएको हो। 

    images
    images
    images

    संसद्का एक अधिकारीले भने सरकारले सुरक्षा सम्बन्धी समीक्षा गरेपछि यस्तो फैसला गरिएको हो। मन्त्रीहरुले आफ्नो फोनमा टिकटक डाउनलोड गरेर प्रयोग गर्न समेत पाउने छैनन्। यसैगरी सांसद र जोडिएका अन्य कर्मचारीका उपकरणबाट समेत टिकटक लगायतका एप हटाइने छन्। 

    images
    images
    images

    टिकटकले प्रयोगकर्ताको डाटा चीन सरकारलाई दिने गरेको पश्चिमा देशहरुको आशंका छ। तर टिकटकले त्यसको खण्डन गरेको छ। 

    images
    images

    कम्पनीले बेलायत संसद्को उक्त निर्णय भ्रममा आधारित रहेको प्रतिक्रिया दिएको छ। 
    यसैगरी अमेरिकी सरकारले टिकटकका चिनियाँ मालिकलाई उक्त सामाजिक सञ्जाल प्लेटफर्म बेच्न वा प्रतिबन्धको सामना गर्न चेतावनी दिएको छ।

    धेरैभन्दा धेरै देशहरूका प्रयोगकर्ताको डाटा चीनले एपबाट लिने गरेको भन्दै अमेरिकाले चिन्ता व्यक्त गरिरहेको हो। यसले पनि अन्य एपजस्तै तथ्यांक संकलन गर्छ। जुन तथ्यांक चीन सरकारले लिने गरेको अमेरिकी आशंका छ।
     
    अमेरिकाले यो डाटा अमेरिकीहरूको जासुसी गर्न वा विभिन्न खालको प्रचार गर्न प्रयोग हुने सक्ने जनाएको छ। अमेरिकाले सरकारी उपकरणहरूबाट एपलाई प्रतिबन्धित गरिसकेको छ। बेलायत, क्यानडा र ईयूले पनि सरकारी उपकरणमा टिकटक प्रतिबन्ध गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।