Logo

२०८३, आश्विन ९गते


images
images

व्यक्ति परिचय

व्यक्ति परिचय: मगर भाषाका आदिकवि जीतबहादुर सिञ्जाली मगर 

व्यक्ति परिचय: मगर भाषाका आदिकवि जीतबहादुर सिञ्जाली मगर 

images
  • सेतोमसी सहकर्मी
  • व्यक्ति परिचय: मगर भाषाका आदिकवि जीतबहादुर सिञ्जाली मगर 
    images
    images

    स्व.आदिकवि जीतबहादुर सिञ्जाली मगरको जन्म बि.सं. १९८८ जेठ १८ गते आमा छलिमाया सिञ्जापति मगर, र बुवा प्रेमसिंह सिञ्जाली मगरको एक मात्र सन्तानको रुपमा जन्म भएको थियो । उनी परिवारको एकमात्र सन्तान भएकाले उनको बाल्यकाल माया र सुखमा हुर्किएको थियो । उनको प्रारम्भीक पढाईको रुपमा बाजे भुवनसिंह सिञ्जाली मगर बाट सावाँ अक्षर जान्न सिक्न पाए । उनको शिक्षा घर देखि प्रारम्भ भएपनि कक्षा आठ सम्मको प्राथमिक शिक्षा नारायणस्थान पाठशाला, तानसेन पाल्पा देखि  पूरा गरे। पढाई को अभिरुचि राख्ने सिञ्जाली पढाईको निरन्तरता दिन २००९ ताका काठमाडौँ को दरबार हाईस्कूलमा ९ कक्षामा भर्ना भई २०११ सालमा त्यहीँबाट मेट्रिक “एसएलसी” पास गरे। सोही स्कुलबाट प्रमाण पत्र तह आई ए पास पनि गरि छाडे।।

    images
    images
    images

    उनमा पढ्नु पर्छ भन्ने तिव्र भावना भएका उनी अध्ययन गर्न पुस्तकालयमा दिनै घण्टौ चहार्ने गर्दथे । मगर जातिलाई शिक्षित र जागृत गराउनका निम्ति २०१२ सालमा जितबहादुर सिञ्जाली मगरको पहलमा काठमाडौमा मगर समाज सुधार संघ भीमप्रसाद बुढाथोकीको अध्यक्षतामा गठन गरी कार्यालय स्थापना पश्चात संस्थापक सचिवको रुपमा काम गरेका थिए । सो संस्थाले मगर भाषालाई जीवन्त राख्न मगर भाषा पढाउने कार्यक्रमलाई अग्रसर रहेको थियो । शिक्षामा अलि दख्खेल भएका कारण पुस्तक प्रकाशन तथा बितरणमा उनको भूमिका रहयो। समय परिवर्तन भएर राजनीतिक प्रतिकुलता आएपछि मगर समुदायमा शिक्षाको महत्वबारे मगर भाषाका पाठ्यपुस्तक स्कुल-स्कुल पुर्याई पढाउन प्रेरित गरे ।

    images
    images
    images

    उनी सादा जिवन उच्च बिचारका ब्यक्ति भएकाले, लवाई, खवाई र वनयापन एकदम निम्नि बर्गको रुपमा रहन रचाउँथे । धूम्रपान मद्यपान सेवन नगर्ने भएकाले यस्ता चिज बाट टाढा बस्ने गदर्थे । गाउँमा सामन्तीहरु मगर समुदायलाई ठगी गरेको थाहा पाउँदा त्यस प्रवृत्तलाई तीव्र बिरोध जनाउने पछि नपर्ने मगर समुदायका शिक्षक थिए सिँजाली । 

    images
    images
    images

    सिँजाली मगरले मगर समुदायको भाषालाई संरक्षण गर्नुपर्छ भन्ने हेतुले मगर भाषाका किताबहरु प्रकाशन तथा बाचन गर्दै मगर गाउँ-गाउँ चहार्ने गर्दथे। पञ्चायतको बेला जाति बिशेषका भाषाहरु प्रतिबन्ध थिए । त्यस ताका मगर समुदयाको को बाक्लो बस्तिमा मगर भाषामा मगर चेतना ल्याउन खालको कबिताहरु बाचन गरि हिड्ने गर्दथे। त्यसै बेला गाउँकै सामन्तिहरुले खस भाषा बिरोधी भनि मगर भाषाका प्रचारक सिञ्जाली लाई प्रशासनमा गएर वारेन्ट पुर्जी काट्न लगाईयो । मगर समुदायलाई जागरण र स्थिापत गर्नका निम्ति भोक प्यास नभनी ओहत्रो खट्ने सिञ्जाली मगर लाई पुलिस प्रशासनले दुख दिईरहयो भने यता आफ्नै समुदाय अशिक्षित र चेतना कमि भएको हुँदा २०२४ सालदेखि समाज र परिवारलाई त्याग गर्न पुगे । मगर समुदायमा शिक्षा लाई आवश्यकता र महत्व नबुझदा समुदाय एकरुपता नहुन, मगर समुदायमा लाहुर नै जानु पर्ने, बन्नु पर्ने मानसिकता थियो। जित बहादुर सिँजाली ले मगर समुदाय लाई कबिता द्धारा प्रहार गरि शिक्षित बन्न, राजनीतिक र व्यापार गर्न सिकाउँथे । शिक्षा नै सबै थोक हो भन्ने उनको मनमा थियो । गाउँ टोल बस्तीहरुमा शिक्षाको महत्व बारे जनचेतना दिने गर्दथे। उनी जहाँ जहाँ पुग्दथे त्यहा स्कूल खोल्न प्रेरित गर्दथे भने सञ्चालीत स्कूलहरु मा निशूल्क पढाउन तयार रहन्थे। उनी आफु शिक्षित भएका कारण अरु लाई पनि शिक्षित गराउनु पर्ने उनमा निस्वार्थ भावन थियो । 

    उनमा निस्वार्थ भएकाले २००७ साल तिर चितवनमा सुकुमबासी बसाउन योजना गरे । २०२७ साल तिर महेन्द्रको अनुमति पाए पछि सिञ्जाली मगरले सुकुमबासी बस्ती बसाउन लागि परे । सुकुबासीलाई सही ब्यवस्थापन गराउन पनि सफल रहेका थिए भन्ने कुरा बिद्धानद्धय सञ्जोग लाफा मगरद्वारा लिखित पुस्तकमा अध्ययन गर्न पाइन्छ। 

    सन्जय सिञ्जाली मगर 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मगर भाषाका आदिकवि
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।