Logo

२०८३, आश्विन ९गते


images
images

कविता

कविता: ऊ हाम्रो पहुँच भन्दा निक्कै टाढा छ

कविता: ऊ हाम्रो पहुँच भन्दा निक्कै टाढा छ

images
  • सेतोमसी सहकर्मी
  • कविता: ऊ हाम्रो पहुँच भन्दा निक्कै टाढा छ
    images
    images

    कविता: ऊ हाम्रो पहुँच भन्दा निक्कै टाढा छ

    images
    images
    images

    देशैभरि निरन्तर पानी यसरी परिरहेको छ,
    मानौं कि उसलाई रोकिने कत्ति नि मन छैन
    किन सुरु भयो बाढी, पहिरो र भु-क्षय !जबकि कोरोनाले दिएको घाउ निको हुन पाएको छैन ।

    images
    images
    images

    भिजेका यि हाम्रा आँखा ओभाना भइसकेका छैनन् ।
    कोरोना रोगीको शरिर पूर्ण रुपमा स्वस्थ भएको छैन !
    यस्तो अवस्थामा आखिर किन रोएको छ?यो आकाश 
    परेको शोक मनाउन या त अझै धेरै पिडा थपिदिनलाई ?

    images
    images
    images

    म बुझ्दिन, यो भिषण वर्षाले के इरादा लिएर आउँदै छ ?
    तर यति महशुस गर्न सक्छु कि यसले ठिक गरेको छैन ।
    कयौं पशुपन्क्षी, मान्छेसंगै हाम्रा संरचना डुबानमा पारेका छन्  ।

    हिजो कोरोना महामारी बढेका कारण हिड्न गाह्रो भयो !
    आज घरभित्र पानी पसेका कारण बस्न गाह्रो भएको छ ।
    दैनिकी चलाउन गाह्रो त पहिले नै छदै थियो हामीलाई ।
    सुरक्षित नभएका कारण अब ज्यान जोगाउन गाह्रो हुदैछ !
    सरकार कानमा तेल हालेर बसेको छ
    या कपास कोंचेर
    निन्द्राको ट्याब्लेट खाएर मस्त सुतेको छ
    या त लागुपदार्थ सेवन गरेर लठ्ठिएको छ?जनतालाई थाहा छैन ।
    किनकी ऊ हाम्रो पहुँच भन्दा निक्कै टाढा छ ।

    - अमृता भन्डारी (सानी), बुटवल

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमृता भन्डारी (सानी)
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।