काठमाडौं । नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्य बढेको छ। गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला दुई हजार रुपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार दुई सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख सात हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
बुधबार चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology