काठमाडौं । काजुमा अनेक पोषक तत्व पाइन्छ। यसले स्वास्थमा राम्रो फाइदा पुर्याउँछ। शरीरको आवश्यक खाद्यवस्तुमा पर्ने स्वास्थ्यवर्द्धक काजुको नियमित सेवनले शरीरको स्फूर्तिका साथै चौतर्फी विकास हुन्छ। काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छ। यी तत्वले हड्डी तथा दाँत बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्छन्।
१. दाँतलाई मजबुत तुल्याउन ठुलाे भूमिका खेलेको हुन्छ।
२. कपाल चमकदार बनाउन पूर्ण रुपमा मद्दत पुर्याउँछ।
३.आँखाको तेज बढाउन पनि काजुले ठुलाे भूमिका खेलेको हुन्छ।
४.गर्भवतीको लागि काजु बरदान मानिन्छ, जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्याएको हुन्छ।
५. कब्जियतबाट टाढा रहन पनि नियमित काजु खाँदा फाइदा पुग्छ।
६. सधैं ताजगी र स्वस्थ, स्फुर्त रहन काजु निकै उपयोगी मानिन्छ।
७. नियमित काजु खानाले सेक्स क्षमतामा वृद्धि हुन्छ।
८. हड्डी मजबुत गराउँछ।
९. कमजोर महसुस हुनेलाई मजबुत हुन मद्दत गर्छ।
१०. अनुहारको छालामा चमक ल्याउँछ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology