Logo

२०८३, कार्तिक २७गते


images
images

क्रान्तिकारी माओवादी प्रतापपुर गाउँ कमिटीमा नयाँ नेतृत्व

क्रान्तिकारी माओवादी प्रतापपुर गाउँ कमिटीमा नयाँ नेतृत्व

images
  • सेतोमसी सहकर्मी
  • क्रान्तिकारी माओवादी प्रतापपुर गाउँ कमिटीमा नयाँ नेतृत्व
    images

    कृष्ण अन्जान ,बर्दघाट । मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासी अन्तरगत प्रतापपुर गाउँ कमिटीको भेलाले यम बहादुर गुरुङ्गको नेतृत्वमा नयाँ गाउँ कमिटी निर्वाचित गरेको छ । 

    images
    images
    images


    मंगलवार गोपीगंजमा सम्पन्न भेलाले जिल्ला समिति सदस्य  समेत रहेका गुरुङ्गलाई गाउँ कमिटीको सेक्रेटरीमा निर्वाचित गरेको  हो । नवगठित  ७ सदस्सीय पालिका कमिटीको सदस्यहरुमा गणेश विश्वकर्मा,दयामान श्रेष्ठ,मदन पोखरेल ,यमनारायण चौधरी र रामअबध राजभरलगायत रहेका छन।
    भेलामा नेकपा(क्रान्तिकारी माओवादी) केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीले क्रान्तिकारी माओवादी सच्चा कम्युनिष्टहरुको केन्द्र बन्दै गइरहेको बताए ।

    images
    images
    images


    कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेयले क्रान्तिकारीहरुबीचको एकता र धुब्रीकरणको परिस्थिति बन्दै जानुलाई शुभ संकेतको रुपमा लिनुपर्नेमा जोड दिए ।

    images
    images


    कार्यक्रममा गाउँपालिका ईञ्चार्ज गुणनीधि पोखरेलले पार्टी संगठन विस्तारका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने औल्याए ।  


    नव निर्वाचित सेक्रेटरी यम बहादुर गुरुङ्गले पार्टीलाई प्रतापपुरको सातै वटा वडामा विस्तार गर्नका लागि आफूले सक्दो पहल लिने र त्यसका लागि पालिकामा रहेका सबै नेता कार्यकर्ताको साथ रहने विश्वास ब्यक्त गरे ।
    कार्यक्रममा अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अगुवा रामआश्रय कुमालले नव निर्वाचित कमिटीलाई बधाई दिदै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।