Logo

२०८३, कार्तिक २७गते


images
images

'ग्लोबल रिसाइक्लिन' दिवसमा भरतपुरमा सचेतनामुलक र्‍याली

'ग्लोबल रिसाइक्लिन' दिवसमा भरतपुरमा सचेतनामुलक र्‍याली

images
  • सेतोमसी सहकर्मी
  • 'ग्लोबल रिसाइक्लिन' दिवसमा भरतपुरमा सचेतनामुलक र्‍याली
    images

    राजेश पराजुली, गण्डकी प्रदेश ,चितवन । ग्लोबल रिसाइक्लिन दिवसको अवसरमा शनिबार भरतपुरमा र्‍याली निकालिएको छ । मार्च १८ तारिखमा परेको दिवसको अवसरमा सरसफाई तथा पुनः उपयोगी वस्तु व्यवसायी संघ चितवनका आयोजनामा सचेतनामुलक र्‍याली निकालिएको हो ।

    images
    images
    images

    र्‍यालीमा ‘कुहिने र नहुहिने फोहोर छुट्याऔँ’, ‘फोहोर जथाभावी नफालौँ’ र ‘फोहोरबाट मोहर कमाऔँ’ लेखिएका प्ले कार्ड प्रदर्शन गरिएको थियो । नारायणगढको लायन्सचोकबाट सुरु भएको र्‍याली चौविसकोठी, अस्पताल रोडहुँदै अस्पताल चोकबाट मोडिएर टेलिकम हुँदै ट्राफिक रोड हुँदै चौविसकोठी पुगेको थियो ।

    images
    images
    images

    फोहोरको सहि व्यवस्थापन गरी त्यसबाट आम्दानी गर्न सकिन्छ भन्ने सचेतना बृद्धि गर्न र्‍यालीको आयोजना गरिएको सरसफाई तथा पुनः उपयोगी वस्तु व्यवसायी संघका अध्यक्ष शंकर बहादुर खत्री क्षेत्रीले बताए । र्‍यालीपछि चौविसकोठीमा आयोजित कार्यक्रममा बोल्दै उनले सरसफाई गर्ने व्यक्तिलाई सबैले माया गर्नुपर्ने बताए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ग्लोबल रिसाइक्लिन
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।