Logo

२०८३, कार्तिक २७गते


images
images

गर्मी सुरु भएपछि नगराइन् नगरपालिकाले बाँड्यो सिरक

गर्मी सुरु भएपछि नगराइन् नगरपालिकाले बाँड्यो सिरक

images
  • गर्मी सुरु भएपछि नगराइन् नगरपालिकाले बाँड्यो सिरक
    images

    जनकपुरधाम । तराई मधेशमा चैत आगमनसँगै गर्मी सुरु भएको छ । गर्मीबाट राहत पाउन पंखा-कुलर किन्न थालेको बेला धनुषाको नगराराइन नगरपालिकाले भने नागरिकलाई फाइबर सिरक वितरण सुरु गरेको छ ।

    images
    images
    images

    जाडोबाट जोगिन भन्दै वडा. नं. ७ का जेष्ठ नागरिक, दलित विपन्न तथा अपांगलाई सिरक वितरण गरिएको हो । 

    images
    images
    images

    शुक्रबार वडाका २०० भन्दा बढी नागरिकलाई सिरक वितरण गरिएको वडाध्यक्ष सूर्यनारायण साहले जानकारी दिए ।

    images
    images

    वडाको अनुमानित सात लाख बजेटबाट ३०१ जेष्ठ नागरिक, दलित एवं अपांगलाईलाई वितरण गर्ने काम भइरहेको छ । प्रति सिरक २ हजार २ सयको दरले खरिद गरिएको वडाध्यक्ष साहले बताए ।

    लामो विवादको कारण माघ १८ गते नगरसभा नै भएको कारण विनियोजित बजेटबाट सिरक वितरण गर्न ढिलो भएको उनले बताए । यद्यपि अहिले सिरक वितरण गरिएपछि आगामी जाडोमा काम लाग्ने वडाध्यक्ष साहको भनाइ छ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नगराइन् नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।