Logo

२०८३, आश्विन ९गते


images
images

यो जातीय विभेदको अन्त्य हो कि सुरुवात?

यो जातीय विभेदको अन्त्य हो कि सुरुवात?

images
  • यो जातीय विभेदको अन्त्य हो कि सुरुवात?
    images
    images

    बोटले समेट्न खोज्दा खोज्दै पनि छुटेका पातहरु भुईभरी लथालिङ्ग छन्। बेतमासको हुरि र धुलोले वातावरणलाई नै धुलाम्मे बनाएको छ। यो रुक्खा सुक्खा मौसम र धमिलिदो क्षितिज जस्तै किन किन आज यो मन पनि कता कता धमिलिएझैँ लागिरहेको छ। विषय पुरानै हो तर कुराहरु अझै पनि नौँला नै रहेको भान भइरहेछ।

    images
    images
    images

    मन बिझाउने कुरा

    केही समयदेखि म कुनै एउटा संस्थामा संलग्न रहेकी छु। त्यो संस्थाले रोजगार खोज्दै आउने व्यक्तिहरुलाई उहाँहरुको सीप र क्षमता अनुसार मिल्ने कर्मचारी खोजिएका अरु संस्थामा रोजगारीको लागि सिफारिस गर्न मद्दत पनि गर्ने गर्छ। 
    केही दिन अगाडीको कुरा हो रोजगारीकै शिलशिलामा एकजना युवा अन्तरवार्ताको लागि कार्यालयमा आउनुभएको थियो। उहाँको बायोडाटा लिइयो अनि एकछिन उहाँलाई परिक्षणमा पनि राखियो। उहाँ मिहिनेती, दक्ष एवम् प्रतिभावान हुनुहुँदो रहेछ। यहि कुरालाई आधार मानेर सरहरुले उहाँलाई छनोटमा राख्नुभयो। "
    अब अर्को संस्थामा कुरा गरेर सकेसम्म छिटै खबर गर्छौँ। समय र आफुलाई तयार गर्नुहोला।" भनेर पठाउनुभयो।
    त्यस लगत्तै सरले कर्मचारी मागेको संस्थामा फोन गर्नुभयो। उहाँको काम र दक्षताको वर्णनमा अब आइतबार देखि संलग्न गराउने गरि पठाउने कुरा भयो। तर बिडम्बना त्यतिबेला ती युवाको नाम सोधियो। 
    ".....बिश्वकर्मा"
    अर्को संस्थाका प्रमुखको बोल्ने तरिका बद्लियो। हठास थियो कि अत्यास थाहा छैन। तर उताबाट जवाफ आयो

    images
    images
    images

    "बिश्वकर्मा भए त नपठाउनु सर"

    images
    images
    images

    "किन?"

    "भयो सर नपठाउनु"

    "तर केटो टाठो बाठो छ। दक्ष पनि छ। संस्थालाई धेरै मद्दत पुग्नेछ।" सरले थप्नुभयो।

    "भयो सर बिश्वकर्मा त नराख्ने "
    त्यसपछी न बिन्ती बढ्यो न त कुनै जवाफ फर्कियो। अनि हाम्रो परिवार पुरै स्तब्ध ।
    सरले ती युवासङ्ग पछि जसरी जे कुरा राख्नुभयो त्यो निकै अप्ठ्यारो बिषय थियो।
    गाउँघर र अनपढ समाजमा मात्र सिमित होला सोचेको जातीय विभेद यसरी शहर र यहाँका शिक्षित वर्गहरुबाट सुन्नुपर्दा मनमा चिसो पसेको छ।
     
    सबैको विचार एउटै हुँदैन। सायद उहाँ समयसङ्गै अगि बढ्न सक्नुभएन होला भन्ने अनुभव गरेँ। मलाई बाँकी ठाउँहरुका केही अग्रजहरुबाट पनि यस विषयमा राय लिनु मन लाग्यो।
      
    "आज मैले यस्तो कुराहरु सुनेँ। अब त सायद अन्त्य भयो सोचिसकेको जातीय विभेद आज पनि समाजमा उहीँ किसिमले रहेको पाएँ। तपाईंहरु यस बिषयमा के भन्नुहुन्छ?"
    "बहस पुरानै हो तर अझै पनि 'तल्लो वर्ग'सङ्ग सङ्गै हुँदा मैले गलत गरिरहेको छु कि भन्ने भान भने अवस्य नै हुन्छ। कुरै मिल्दैन। अगाडी तिमीले भने जस्तै ब्यापार व्यवसायमा सङ्गै काम गर्न नचाहनु पनि त्यहीँ नै मुख्य कारण हो । " म स्तब्ध थिएँ तर पनि फेरि प्रश्न गरेँ।
            
    "भनेपछी तपाईं कथित उच्च वर्गकै व्यक्तिहरुसङ्ग कार्यरत हुनुहुन्छ?"

    "त्यस्तै भनौँ।"

    "उहाँहरुसङ्ग हरेक दिन कुरा मिल्छ त? सबैको विचार एउटै मात्र हुन्छ त?"

    "कहाँ मिल्नु?" उहाँले दिक्क मान्दै भन्नुभयो।

    "तपाईंका हातका औंलाहरु हेर्नुहोस् त, ती पनि एकैनास छैनन्। व्यक्तिको तुलनामा त पुरै मान्छे नै फरक छन् । के अब औंलाहरुमा पनि विभेद राखेर अगाडि बढ्नुपर्ने हो त?"
    उहाँ निशब्द।
    शिक्षामा परिवर्तन सङ्गै शिक्षित हुनेहरूको संख्या पनि बढीरहेको छ। तर यहाँ जातीय विभेदको अन्त्य हुँदैछ कि सुरुवात?
    कुनै बच्चाले धर्तीमा पाइला राख्न पनि नपाउदै उ कति छिटै अनि सजिलै आफुले अनुसरण गर्नुपर्ने कुनै जात, धर्म, कला र संस्कृतिसङ्ग जोडिएको हुन्छ। तर धर्म, कला र संस्कृति त आफैले रोज्न पाउनुपर्ने होइन र?
    "अनि जात?" प्रश्न गर्नुहोला
    जात त पहिले नै निश्चित हुन्छ नि।
    १. पुरुष
    २. महिला

    "तर..... "

    "रोकिनुभयो हैन?

    मेरो मनमा पनि केहि प्रश्नहरु उब्जिएका छन् सोधेँ  है त ?
    तपाईंको जीवन कत्तिको समान रुपमा चलेको छ?
    तपाईंले चाहेका सबै कुराहरु पुगिरहेकै छन् त?
    अनि ती कुराहरुबाट कति सन्तुष्ट हुनुहुन्छ?
    यसको जवाफ आफैलाई दिनुहोला।
    अहिले केही थप प्रश्न जोड्छु।
    तपाईंले कुन जातको चामल खानुहुन्छ?"
    बास्मति, सावा, मन्सुली, गोरखनाथ....... यस्तै कुनै हैन?
    बास्मती नै खानुहुन्छ भने बास्मती चामल र गोरखनाथमा फरक के? "

    "मिठास"

    "अनि समानता?"

    "भोक मेटाउनु "
    चामलमा जात बाहेक मिठासको कुरा गर्नुभयो तर मानिसका जातबिचमा थर बाहेक के फरक पाउनुहुन्छ?
    खनिजदेखि खाद्यान्न, जीबजन्तु हुँदै सबैभन्दा चेतनशील मानिने मानवहरुमा पनि बिभाजन भयो। बिभाजित हुनु गलत होइन तर कसको बिभाजनलाई कसरी लिने पनि त हाम्रै हातमा रहेको विषय हो नि। होइन र?
    तपाईं  नेता, मन्त्री, व्यवसायी, शिक्षक, डाक्टर जस्तोसुकै ओहोदामा पुगेको व्यक्ति भएपनी कोहि कथित तल्लो वर्गको व्यक्ति तपाईंको भान्सामा जाँदा अझै पनि तपाईं अन्कनाउनुहुन्छ नै। घर भित्रको कुरा आफ्नो अधिकारको विषय भन्नुहुन्छ होला तर जागीर व्यवसायमा अगि बढ्न पाउनु हरेक ब्यक्तिको अधिकार होइन र?
    तपाइँले हिजो के देख्नुभयो, के पढ्नुभयो र भोग्नुभयो आज आफ्नो बच्चाले पनि त्यहीँ सिक्नैपर्ने र भोग्नैपर्छ भन्ने जरुरी हुन्छ र? हिजोको परिस्थिति भिन्नै थियो तर आज शिक्षा बद्लिएको छैन र?
    समता र समानताका पाठहरु पढाउनुहुन्छ  तर आफैले आफैलाई संस्कृतिको नाममा झुटो दलदलमा अझै कति फसाउनुहुन्छ?
    हिजोको परिवेश फरक थियो होला तर आज राम्रा तर हाम्रा नभएका संस्कृतिहरुको पनि त हामीले अनुसरण गरिरहेका छौँ। के नराम्रो र कुरितिका कुरालाई भने परिमार्जन गर्नु हुँदैन ?
    नदेखिएका भगवानलाई त हामी ढुङ्गा मानेर पुजीरहेका छौँ तर कसलाई के थाहा कतै भगवान बिभाजित भएका हामी मानवकै अनेक जात भित्रै अल्मलिरहेका पो छन् कि!
    साँच्चै हरेक कुरामा जात जोड्नेहरुले अस्पतालमा गएर आफुलाई रगत लिनुपर्ने अवस्थामा दान गर्नेहरुको जात सोध्छन् कि सोध्दैनन्?

     - लाईशा भुसाल (अक्षर )

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जातीय विभेदको अन्त्य
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।