Logo

२०८३, कार्तिक २६गते


images
images

मलमा अनुदान कटौतीविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा

मलमा अनुदान कटौतीविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा

images
  • मलमा अनुदान कटौतीविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा
    images

    काठमाडौं । सरकारले मलमा अनुदान कटौती गरेपछि किसानहरुले विरोध गरेका छन् । किसानले पाउने एकमात्र अनुदानमा सरकारले कैंची चलाएपछि किसानहरुको समस्या एकपछि अर्को बल्झेको छ ।

    images
    images
    images

    कांग्रेस–एमालेसहितका किसान संघ, संगठनहरुले मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

    images
    images
    images

    वुधबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी कांग्रेस निकट नेपाल किसान महासंघ, एमाले निकट अखिल नेपाल किसान महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन् ।

    images
    images

    पत्रकार सम्मेलनमा सो माग तत्काल सम्बोधन गराउनका लागि दबाबस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउनेसहितका आन्दोलनको कार्यक्रम पनि घोषणा गरिएको छ ।

    किसानहरुलाई दिइँदै आएको एक मात्रै सो अनुदान अविलम्ब फिर्ता गराउनका लागि चैत्र ३ गते शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, देशभरका स्थानीय स्तरमा संयुक्त किसान संघर्ष समिति निर्माण गरी धर्ना, जुलुस, चक्काजामलगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरिएको अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले जानकारी दिए ।

    उनले किसानलाई राहत दिनका लागि सुरु गरिएको सो आन्दोलन आफूहरुको माग पूरा नभएसम्म जारी रहने चेतावनी समेत दिए ।
    यही फागुन २६ गते नेपाल सरकारले रासायनिक मलमा दिइँदै आएको अनुदान कटौति गर्ने निर्णय गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मलमा अनुदान कटौती
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।