बुटवल । निर्मल लामा स्मृति प्रतिष्ठानले बुटवलको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल र भैरहवाको भिम अस्पतालमा आईसियु बेड हस्तान्तरण गरेकाे छ । प्रतिष्ठानको तर्फबाट बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोख्रेलले बुटवल र भैरहवामा बुधबार छुट्टाछुट्टै कार्यक्रमकाे आयाेजना गरी बुटवलकाे आम्दा अस्पताल १२ र भैरहवाकाे भिम अस्पतालमा १० गरी २२ थान आईसियु बेड हस्तान्तरण गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथि तथा निर्मल लामा स्मृति प्रतिष्ठानका अध्यक्ष रहेका माओवादी केन्द्रका नेता लिलामणी पोखरेलले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनु पर्नेमा जोड दिँदै पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आमजनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने बताएका छन ।
त्यस्तै प्रतिष्ठानका उपाध्यक्ष निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आफ्नाे छाेरा डा. बिप्लपमणि पाेख्रेलकाे पहलकदमीमा चिनियाँहरुकाे सहयाेगमा बेड ल्याएकाे बताईन। उनले बास्तबिक भुई मान्छेहरुले जिवन,स्तर र स्वास्थ्यलाई सुधार ल्याउन प्रतिष्ठान सधै प्रतिबद्ध रहेने बताईन ।
त्यस्तै, आम्दा अस्पतालका पूर्व मेसु बिनाेद पराजुलीले विभिन्न सामाजिक संस्थाहरुको सहयोग बाट नै स्वास्थ्य क्षेत्रमा धेरै स्तरउन्नत भएकाे बताउदैँ मानविय स्वास्थ्यमा राम्राे सेवा प्रबाह गरेकाे उच्च मूल्यांकन स्वरुप प्रतिष्ठानले आम्दा अस्पताल राेजेकाेमा धन्यवाद सहित खुसि व्यक्त गरे अस्पतालका मेसु राजेन्द्र बस्यालले अन्य अस्पतालकाे तुलनामा आम्दा अस्पतालले न्यूनतम चार्जमा सेवा प्रबाह गरेकाे बताउँदै प्रतिष्ठानले दिएका बेड तत्तकाल सञ्चालनमा ल्याउने बताए ।
कार्यक्रममा आम्दा अस्पतालका अध्यक्ष तथा बुटवलमा उपमहानगरपालिका मेयर खेलराज पाण्डे प्रतिष्ठानका केन्द्रीय सचिव तथा पूर्वराज्य मन्त्री हक्कि कुल्ला खाँ अस्पतालका मेसु राजेन्द्र बस्याल र प्रतिष्ठान रुपन्देही शाखाका अध्यक्ष गंगालाल प्रधान लगायत अस्पतालका कर्मचारिहरु र प्रतिष्ठान रुपन्देही शाखाका पदाधिकारी हरुकाे उपस्थिति रहेकाे थियाे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology