Logo

२०८३, कार्तिक २६गते


images
images

तनहुँ-१ मा उपनिर्वाचनको सरगर्मी

तनहुँ-१ मा उपनिर्वाचनको सरगर्मी

images
  • तनहुँ-१ मा उपनिर्वाचनको सरगर्मी
    images

    राजेश पराजुली, गण्डकी प्रदेश ,तनहुँ । देशमा रामचन्द्र पौडेल राष्ट्रपति बनेका छन् । पौडेल राष्ट्रपति बनेसँगै उनले जितेको निर्वाचन क्षेत्र तनहुँ-१ रिक्त भएको छ ।

    images
    images
    images

    तनहुँ-१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि संविधानबमोजिम सो पद स्वतः रिक्त भएको हो।  

    images
    images
    images

    तनहुँ-१ सँगै चितवन-२ मा पनि प्रतिनिधि सभा सदस्य पद रिक्त रहेको छ । निर्वाचन आयोगले अब हुने उपराष्ट्रपतिको निर्वाचनपछि प्रतिनिधि सभा सदस्य उपनिर्वाचन गर्ने भएको छ ।

    images
    images

    चितवन-२ र तनहुँ-१ सँगै सो क्षेत्रमा पनि एकै दिन निर्वाचन गर्ने गरी आयोगले आन्तरिक तयारी थालेको छ । 

    अब हुने उपराष्ट्रपतिको निर्वाचनबाट पनि प्रतिनिधि सभा क्षेत्र रिक्त हुन सक्नेछ । त्यस्तो अवस्थामा आयोगले आगामी वैशाख १० गते नै चितवन, तनहुँ र सो क्षेत्रमा उपनिर्वाचन गर्ने तयारी गरेको छ ।

    योसँगै तनहुँ-१ उपनिर्वाचनको सरगर्मी बढेको छ । कांग्रेसले सभापति शेरबहादुर देउवालाई नै उम्मेदवार छान्न दिन निर्णय गरेको थियो । अन्य दलहरू भने यसबारे केही खुलेका छैनन् ।

    आयोगले चितवन-२ मा रिक्त रहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन आगामी वैशाख १० गते हुने निर्धारण गरिसकेको छ। चितवनको उपनिर्वाचनका लागि दल दर्तासमेत भइसकेको छ।  

    सो क्षेत्रबाट रवि लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । नागरिकता विवादका कारण सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपनिर्वाचनको सरगर्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।