Logo

२०८३, आश्विन ११गते


images
images

बागलुङमा चैते दशैँ मेला चैत १३ देखि १७ सम्म सञ्चालन हुने

बागलुङमा चैते दशैँ मेला चैत १३ देखि १७ सम्म सञ्चालन हुने

images
  • सेतोमसी सहकर्मी
  • बागलुङमा चैते दशैँ मेला चैत १३ देखि १७ सम्म सञ्चालन हुने
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश ,बागलुङ । चैते दशैँको अवसरमा बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा परम्पराकालदेखि ठूलो मेला लाग्ने गर्दछ । नेपालकै महत्वपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यसवर्ष आगामी चैत १३ गतेदेखि शुरु हुँदैछ । 

    images
    images
    images


    बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अनुसार हरेक वर्ष चैते दशैँको अवसरमा प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरको परिसरमा सञ्चालन हुने मेला आगामी चैत १३ देखि १७ गतेसम्म सञ्चालन हुनेछ । मेलामा खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । 

    images
    images
    images


    “यसवर्ष पनि मेलामा भलिबल, राष्ट्रिय लोकदोहोरी, लोक भजन प्रतियोगिता र छेलो फाल्ने प्रतियोगिता आयोजना गरिएको छ”, उनले भने । परम्परा धान्दै कलासंस्कृतिको प्रवर्द्धन गर्ने मेलाको उद्देश्य छ ।

    images
    images
    images


    मेलालाई पछिल्लो समय गुठी व्यवस्थापन समितिले व्यवस्थित गरी सञ्चालन गर्दै आएको छ । पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रचारप्रसार तथा परम्पराको निरन्तरता दिन मेला आयोजना गरिँदै आएको अध्यक्ष खड्का बताउछन् । 

    यो मेलाको आफ्नै महत्व र इतिहास छ ।

    तत्कालिन पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिकामूर्ति घना जङ्गलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ ।

    चैते दशैँ मेलामा घरायसी प्रायोजनका सामग्री डाला, नाङ्ला, ठेकीलगायत बस्तुको किनमेल हुने गरेको छ । चैते दशैँमा बागलुङ कालिका मन्दिरमा देशभरीबाट तथा भारतबाटसमेत भक्तजन आउने गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चैते दशैँ मेला
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।