Logo

२०८३, आश्विन ९गते


images
images

संसदीय भूमिकामा महिलाहरूको मूल्याङ्कन भएनः मन्त्री शर्मा

संसदीय भूमिकामा महिलाहरूको मूल्याङ्कन भएनः मन्त्री शर्मा

images
  • संसदीय भूमिकामा महिलाहरूको मूल्याङ्कन भएनः मन्त्री शर्मा
    images
    images

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा महिलाहरूको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको गुनासो गरेकी छन् ।

    images
    images
    images

    सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा महिलाहरूले निभाएको भूमिकाको चर्चा हुन नसकेको बताएकी हुन् । उनले अवसर पाएका महिलाहरूलाई असफल हुने छुट नभएको बताइन् ।

    images
    images
    images

    संसदमा कानुन निर्माण गर्दा महिलाहरूले नै सबैभन्दा बढी संशोधन गर्ने भएपनि त्यसको मूल्याङ्कन हुन नसकेको बताइन् । मन्त्री शर्माले संसदमा कोरम पु(याउने सवालमा पनि महिलाहरूको उपस्थिति महत्त्वपूर्ण रहेपनि त्यसको बाहिरी पक्षमा मूल्याङ्कन गर्न नसकेको बताइन् । उनले संसदको बैठक आयोजना र व्यवस्थापन गर्ने कुरामा पनि महिलाहरूको बढी सहभागिता रहेकाले सञ्चारमाध्यमहरूले महिलाको मूल्याङ्कन गरी खोजमूलक पत्रकारिता गर्नुपर्ने बताइन् ।

    images
    images
    images

    ‘नीति निर्माण गर्ने ठाउँमा हामी पुगेका छौँ । कति सफल भएका हौँला, कति असफल भएका हौँला । अवसर पाएका पुरुषहरु सबै सफल हुँदैनन्, अवसर पाएका महिलाहरू पनि सबै सफल हुँदैनन् । तर समस्या के छ भने महिला सफल नहुँदा त्यो कम्युनिटी असफल हुन्छ, पुरुष असफल हुँदा व्यक्ति मात्रै हुन्छ । यहाँनेर समस्या छ’, उनले भनिन्, ‘जतिसुकै कष्ट गरेर भएपनि हामी अवसर पाएका महिलाहरू उत्तीर्ण हुनैपर्छ । हामीले देखेका छौँ, संसदभित्र हे¥यौं भने हामी कानुन बनाउँदै गर्दा सबैभन्दा धेरै कानुन बनाउँदा संशोधन महिलाले नै हाल्छन्, संसदमा कोरम पु¥याउन सबैभन्दा ठूलो संख्या महिलाको नै हुन्छ । तरपनि बाहिर आउँदा मूल्याङ्कन हुँदैन, चर्चासम्म पनि हुँदैन ।

    संसदमा हेरेर सबैभन्दा बढी कानुन बनाउने कुरामा महिला सक्रिय छन् की पुरुष यसको पनि मूल्याङ्कन हुनुपर्छ । संसदको बैठक आयोजना र व्यवस्थापन गर्ने कुरामा पनि कसको बढी सहभागिता छ, यस कुरा चर्चाको विषय बन्नुपर्छ ।’
    मन्त्री शर्माले पुरुष असफल हुन भनेको एउटा व्यक्ति मात्रै असफल हुनु रहेको तर महिलाहरू असफल हुँदा समाज नै असफल हुने तर्क गरिन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।