Logo

२०८३, कार्तिक २७गते


images
images

सैनामैना झारफुक हत्या प्रकरणमा हालसम्म १७ जना पक्राउ

सैनामैना झारफुक हत्या प्रकरणमा हालसम्म १७ जना पक्राउ

images
  • सैनामैना झारफुक हत्या प्रकरणमा हालसम्म १७ जना पक्राउ
    प्रतीकात्मक तस्बिर
    images

    बुटवल  । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका बेमतेनीमा झारफुकका क्रममा बालिका मृत्यु भएको घटनामा हालसम्म संलग्न १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बालिका मृत्यु प्रकरणका सम्बन्धमा सामाजिक सञ्जालमा प्रेषित भएका विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

    images
    images
    images

    यही फागुन २० गते झारफुक गर्ने बाहानामा कुटपिट गरी बालिकाको हत्या गर्ने सैनामैना नगरपालिका वडा नंं. १० बेमतेनीका २२ वर्षीया झाक्री सोनिया रेश्मीलाई प्रहरीले पक्राउ गरेको थियो । 

    images
    images
    images

    सैनामैना १० झिमझिमेका १४ वर्षीय सिता ज्ञवालीलाई झारफुक गर्ने क्रममा लछारपछार र कुटपिट गर्दा ज्ञवालीको फागुन २० गते राति साढे ९ बजे मृत्यु भएको थियो । मृतकको शबलाई सोही राती नै दाहसंस्कार गरी सकिएको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सालझणडीले रेश्मीलाई पक्राउ गरेको थियो । 

    images
    images

    आवश्यक अनुसन्धानपछि रुपन्देही जिल्ला अदालत बाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धानलाई अघि बढाएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपक कुँवरले घटनाको अनुसन्धान भईरहेको बताएका छन । हालसम्म पक्राउ परेका १७ जनामाथि थप अनुसन्धान भईरहेको कुँवरले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।