राजेश पराजुली, गण्डकी प्रदेश ,पर्वत । पर्वतको फलेवास नगरपालिका-९ का वडाध्यक्ष हितमान गुरुङले आफूले पाएको तलब रकम स्थानीयलाई वितरण गरेका छन् ।
गत स्थानीय चुनावमा वडाध्यक्ष जितेपछि राज्यबाट पाउने सेवा सुविधा गरिब, असहाय, अशक्त र निम्न वर्गलाई उपलब्ध गराउने प्रतिबद्धता अनुसार शनिबार वडाध्यक्ष गुरुङले रकम हस्तान्तरण गरेका हुन् ।
उनले तलबबापतको रू एक लाख २४ हजार दीर्घरोगी र निम्न वर्गका २२ जनालाई न्यूनतम रू तीन हजारदेखि १० हजारसम्म वितरण गरेका हुन् ।
“मैले यसअघि गरेको प्रतिबद्धता अनुसार मेरो सबै तलब वडावासीमा खर्च गर्नेछु”, उनले भने, “अबका दिनमा पनि राज्यबाट पाउने सबै खाले सुविधा वडाकै हितमा खर्च गर्नेछु ।”
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology