Logo

२०८३, कार्तिक २५गते


images
images

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेल रुपन्देहीमा

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेल रुपन्देहीमा

images
  • प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेल रुपन्देहीमा
    फाईल फोटो: हरिबोल गजुरेल
    images

    बुटवल । प्रधानमन्त्रीका प्रमुख राजनितिक सल्लाहाकार तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल बुटवल आएका छन्। आज तिलोत्तमाको मणिग्रामस्थित मणिग्राम पार्टी प्यालेसमा माओवादी केन्द्रका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन गजुरेल रुपन्देही आएका हुन्।

    images
    images
    images

    पार्टीको दुई महिने पार्टी निर्माण तथा प्रशिक्षण अभियानको रुपन्देहीमा उद्घाटन गर्न गजुरेल बुटवल आएको माओवादी  केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले जानकारी दिए। "रुपन्देहीका अगुवा कार्यकर्तालाई राजनैतिक बैचारिक रूपमा प्रशिक्षित गर्ने कार्यक्रममा उहाँ आउनुभएको हो। आजै दुई महिने पार्टी निर्माण अभियानको पनि रुपन्देहीमा उद्घाटन हुने।" संयोजक जिसीले भने। 

    images
    images
    images

    दुई महिने पार्टी निर्माण अभियानमा आम-कार्यकर्तामाझ पार्टी नेतृत्व पुग्ने, कार्यकर्ताका गुनासो सुन्ने र कमिटीमा जोडिन छुटेका कार्यकर्तालाई पार्टी तथा जबस मोर्चा कमिटीमा जोड्ने पार्टीले जनाएको छ। 

    images
    images

     


     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हरिबोल गजुरेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।