कृष्ण अन्जान , गुल्मी । डम्म बादलले ढाकेकाे दिन ,दुईचार थाेपा पानीपनि आकाशले झार्दैछ , तरपनि रुरुक्षेत्र गाउँ पालिका वडा न १ मा पर्ने एउटा टापु भट्कुवाकाे सालिपाेखरीमा आमा दिदी बहिनीहरुकाे लर्काे लाग्न भने छाडेकाे छैन ।
भट्कुवा गाउँका आमा दिदीबहिनी हरु त जम्मा नहुने कुरै भएन ,नजिकैकाे रिडीबजार र च्यूरेक तिरबाट पनि आमा दिदीबहिनीहरुकाे आउने क्रम जारी छ ।
रुरुक्षेत्र गाउँ पालिका वडा न १ ले वडाले गर्ने कार्यक्रमहरुलाई विकेन्द्रित गर्दै ११३औँ अन्तराष्ट्रिय महिला दिवसलाई भट्कुवा गाउँमा गर्ने निधाे गरेपछि भट्कुवा गाउँले विशेष तयारीका साथ याे दिवस मनाउने भव्य तयारी मात्र गरेन कि साेहि तयारीमै भव्यताकाे साथ सम्पन्न गरेकाे छ । महिला हरुलाई लक्षित गरि चेतनामुलक गित र नृत्य प्रतियोगिता आयाेजना गरेकाे कार्यक्रममा रुरुक्षेत्र गाउँ पालिकाका सात वटा समूहले महिला अधिकारका गितहरु धित मरुन्जेल गाए भने नाचेर समेत उधुम मच्याए जस्ले सालिपाेखरीकाे चिसाे मौसममा ताताेपन ल्यायाे । हुन पनि परम्परावादि पाेशाकमा सजिएका आमादिदी बहिनीहरुकाे नाचगानले अन्तराष्ट्रिय महिला दिवसले रौनकता छायाे ।
नृत्य र गितकाे खुल्ला प्रतियोगिता त छँदै थियाे म्युजिकल चियर र घैँटाे फाेर्ने खेलले पनि आमा दिदीबहिनीहरुलाई रमाईलाे गरायाे । मुख्य रुपले महिला अधिकारका गितहरुलाई मादल बजाउँदै प्रतियोगितामा भाग लिएका आमा दिदीबहिनीहरुले महिला अधिकारकाे जाेडदार माग गरे ।सात समुहले भाग लिएकाे प्रतियोगितामा भट्कुवा आधारभुत विध्यालय प्रथम ,जनप्रिय आमा समुह भट्कुवाकाे टिम द्दितिय चेतनशिल आमा समूह रिडी तृतिय र च्युरेककाे स्वास्थ आमा समुहले सान्त्वना पुरस्कार प्राप्त गरे । अन्तराष्ट्रिय महिला दिवसकाे कार्यक्रममा रिडी इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरिक्षक ज्ञान बहादुर थापा ,रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष नवराज विक ,रुरुक्षेत्र गाउँ पालिकाका पुर्व गाउँ कार्यपालिका सदस्य भगवती बराल ,जनकल्याण आमा समूह भट्कुवाकी अध्यक्ष लक्ष्मी ज्ञवाली ,रुरुक्षेत्र १ का वडा सचिव राम प्रसाद ज्ञवालीले ११३ ओैँ अन्तराष्ट्रिय महिला दिवसका बारेमा बाेलेका थिए । रुरुक्षेत्र गाउँपालिका कार्यपालिका सदस्य समेत रहेकि रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडा सदस्य लक्ष्मी भट्टराईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत रुरुक्षेत्र १ का वडा सदस्य लक्ष्मी सुनार र सन्चालन वडा सदस्य शुसिल श्रेष्ठले गरेका थिए ।
हामीले हरेक टाेलहरुमा यसरी नै कार्यक्रम गर्ने याेजना बनाएका छौँ ,याे विकेन्द्रित रुपमा गरिने कार्यक्रमले सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्व पनि हुन्छ र सबै टाेलवासीहरुकाे कृयाशिलता पनि बढ्छ रुरुक्षेत्र १ का वडाध्यक्ष नवराज विकले भने । मुख्यतः रुरुक्षेत्र गाउँ पालिका १ का वडास्तरिय कार्यक्रम हरु रुरुक्षेत्रकाे रिडीबजारमा मात्र आयाेजना हुने परम्परालाई ताेड्दै याे पटक बाट वडाका कार्यक्रम हरुलाई वडाकाे च्यूरेक ,भट्कुवा र रिडीबजार मा पालैपालो गर्ने याेजना बनाएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology