राजेश पराजुली, गण्डकी प्रदेश, चितवन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमति प्रदेश ( नेवाः–ताम्सालिङ) को पाँचौं प्रादेशिक भेला चितवनको राप्तीमा १३ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
चितवन जिल्लाको राप्ती नगरपालिकाको बिरेन्द्रनगरस्थित कृषि बिकास तालिम केन्द्रमा “पहिचान र अधिकारका लागि समावेशी संचार ऐन कानुन निर्माण, संविधान कार्यान्वयनको आधार“ भन्ने नाराका साथ आयोजित दुई दिने भेलाले फागुन २७ र २८ गते सर्लाहीमा हुनगइरहेको फोनिजको विधान अधिवेशन लक्षित सुझाव पेश गर्ने निर्णय गरेको छ ।
भेलाले सम्पूर्ण आदिवासी जनजाती पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न सबै जिल्लामा “बागमती फोनिज जागरण“ अभियानको रुपमा प्रशिक्षण तालिम दिने पनि निर्णय गरेको छ ।
चितवनको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेष अतिथिको रुपमा फोनिज संघीय सचिव समीर बलामी, संघीय सदस्य एवं बागमती प्रदेश इन्चार्ज पेमा लामा, राप्ती नगरपालिकाका उप प्रमुख देवेन लामा, राप्ती न.पा. वडा नं ५ का वडाअध्यक्ष सितारा बल तामाङ, फोनिज बागमती प्रदेश सल्लाहकार कृष्ण सारु मगर, नेपाल आदिवासी जनजाती महासंघ, चितवन जिल्ला अध्यक्ष महेन्द्र दुरा, थारु पत्रकार संघ चितवन शाखा अध्यक्ष दिपेश चौधरी, तामाङ पत्रकार संघ, चितवन शखा सचिव प्रकाश तामाङ, नेपाल तामाङ घेदुङका संघीय सचिव गोपाल सिंह लामा, समाजवादी प्रेस संगठनका कोषाध्यक्ष बबिलाल तामाङको उपस्थिति रहेको थियो ।
भेलाले फोनिज जिल्ला शाखा दोलखाका पूर्व कन्द्रीय सदस्य शेरबहादुर भुजेलको असामयिक निधन प्रति दुःख ब्यक्त गर्दै शोक प्रस्ताव पारित गर्दै परिवारजन प्रति समवेदना प्रकट गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology