Logo

२०८३, कार्तिक २७गते


images
images

आजदेखि दाबी विरोध कार्यक्रम:चितवन क्षेत्र नं २ उपनिर्वाचन

आजदेखि दाबी विरोध कार्यक्रम:चितवन क्षेत्र नं २ उपनिर्वाचन

images
  • सेतोमसी सहकर्मी
  • आजदेखि दाबी विरोध कार्यक्रम:चितवन क्षेत्र नं २ उपनिर्वाचन
    images

    राजेश पराजुली, गण्डकी प्रदेश |चितवन चितवन क्षेत्र नं २ मा आगामी बैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि आजदेखि दाबी विरोधको कार्यक्रम सुरु हुँदै छ । यसअघि चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

    images
    images
    images

    चितवनमा आज पनि फागु पर्व मनाइँदै छ । भोलि नारी दिवसको अवसरमा सार्वजनिक बिदा छ । दाबी विरोध कार्यक्रम सञ्चालनका लागि बिदाको दिन पनि कार्यालय खोलिने निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । दाबी विरोध कार्यक्रम अन्तर्गत मतदाताले उजुरी दिन र त्रुटि सच्याउन पाउने छन् ।

    images
    images
    images

    ‘बिदाको दिन परेपनि फागुन २३ देखि २५ गतेसम्म दाबी विरोध कार्यक्रम सञ्चालन हुन्छ । त्यसको लागि निर्वाचन कार्यालय खुल्ला रहन्छ’, उनी भन्छन्, ‘दाबी विरोधमा कसैले झूटो विवरण दिएर मतदाता नामावलीमा नाम दर्ता गराएको पाए निजविरूद्ध उजुरी दिन सकिन्छ । आफ्नो मतदाता नामावलीमा केहि त्रुटि छ भने त्यो सच्याउनको लागि निवेदन पनि दिन सकिन्छ ।’

    images
    images

    उनका अनुसार मृत्यु भएका मतदाताको विवरण बुझाउन वडा कार्यालयहरुलाई आग्रह गरिएको छ । मृत्यु भएका मतदाताको विवरण आउने क्रम जारी रहेको भन्दै उनले वडा कार्यालयले फागुन २७ गतेसम्म विवरण पठाउन सक्ने बताए । निवेदनहरु प्राप्त भएपछि चैत १ गतेसम्म विवरण रुजु गरेर निर्वाचन आयोगमा पठाइने उनको भनाइ छ । मृत्यु भएका वा बसाइसराई गरी गएका मतदाताको नाम हटाउन सूचना दिन र नागरिकता त्याग गरेका वा रद्द भएका मतदाताको सूचना पनि दिन सकिने उनले बताए ।

    त्यसपछि फरक–फरक जिल्लामा दोहोरो नाम परेको सम्बन्धमा प्राप्त निवेदनसहित जिल्लामा गरिएको अद्यावधिक विवरण निर्वाचन कार्यालयले आयोगमा पठाउनेछ । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि जिल्लामा एक हजार १७९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जसमध्ये सबैभन्दा धेरै चितवन–२ मा ६३१ मतदाता थपिएका छन् ।

    जिल्लामा कुल मतदाताको संख्या चार लाख नौ हजार ५२१ पुगेको छ । निर्वाचन कार्यालयका अनुसार चितवन–१ मा २६४ र चितवन–३ मा २८४ मतदाता थपिएका छन् । क्षेत्रगतरुपमा हेर्दा चितवन–१ मा एक लाख ४० हजार १०९, चितवन–२ मा एक लाख २४ हजार ८४६ र चितवन–३ मा एक लाख ४४ हजार ५६६ मतदाता संख्या पुगेको छ ।

    दाबी विरोध कार्यक्रम सम्पन्न भएपछि केही मतदाताको संख्या घट्न सक्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।