Logo

२०८३, कार्तिक २६गते


images
images

चितवनमा अज्ञात समुहद्वारा माओवादी नेता सूर्य सुवेदी ‘पथिक’को घरमा आगजनी प्रयास  

चितवनमा अज्ञात समुहद्वारा माओवादी नेता सूर्य सुवेदी ‘पथिक’को घरमा आगजनी प्रयास  

images
  • चितवनमा अज्ञात समुहद्वारा माओवादी नेता सूर्य सुवेदी ‘पथिक’को घरमा आगजनी प्रयास  
    images

    राजेश पराजुली, गण्डकी प्रदेश,चितवन । भरतपुर महानगरपालिका–१५ फुलबारी विष्णु चोकस्थित नेकपा माओवादी केन्द्रको पोलिटव्युरो सदस्य सूर्य सुवेदी ‘पथिक’को घरमा शनिबार राति अज्ञात समुहद्वारा  आगजनी गर्ने प्रयास भएको छ। आगजनीबाट घरको अगाडी पट्टिको भाग र पार्किङ गरी राखेको स्कुटरमा आगजनी भएको हो । आगजनीबाट ना ३५ प ७४४९ नम्बरको स्कुटर जलेर नस्ट भएको छ।

    images
    images
    images


    ईप्रका फुलवारीबाट प्रहरी बरिष्ठ नायव निरीक्षक ज्ञान बहादुर पाण्डेको कमाण्डमा खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगो किन ,कसले, कसरी लाग्यो भन्ने कुरा अहिलेसम्म नखुलेको तथा घटनाको अनुसन्धान भैरहेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
    यसैबीच माओवादी केन्द्र जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगर समिति चितवनले आज (आइतबार) छुट्टा छुटै प्रेस विज्ञप्ति जारी गरी दोषी उपर कारबाहीको माग गरेको छ । स्कुटर र घरको अगाडिको भागमा भएको आगजनीबाट क्षति पुगेको माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी र भरतपुर महानगर समिति अध्यक्ष इश्वर सापकोटा सुमनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आगजनी प्रयास
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।