काठमाडौं । सुन्धारा होटल व्यवसायी संघले महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख भेषराज रिजाललाई स्वागत गरेको छ ।
शनिबार काठमाडौं महानगरपालिका वडा नं ११ सुन्धारा दहमार्गमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख रिजाललाई स्वागत गरेको हो।
कार्यक्रममा उठेका विषयबस्तुमाथि बोल्दै महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख रिजालले अहिलेको परिस्थितिमा होटल व्यवसायीहरुले सहज ढंगले व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्न प्रहरी संगठनले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा प्रमुख रिजालले सुन्धारा क्षेत्रमा हुने अपराधिक क्रियाकलापहरुलाई न्युनिकरण गर्न व्यवसायीले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा होटल व्यवसायीहरुको चुनौति र समस्याहरुको बारेमा आफ्नो धारणा राख्दै संस्थाका कार्यसमिति सदस्य तथा होटल व्यवसायी महासंघ नेपालका महासचिव शंकर भण्डारीले आउने समस्या र
चुनौती लाई अब जनसेवा प्रहरी वृतले ठूलो भूमिका निर्वाह गर्नेमा आफूहरु ढुक्क रहेको बताए।
कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका महासचिव शंकर भण्डारी, जिल्ला होटल व्यवसायी संघ, काठमाडौंका सल्लाहकार तथा निर्वतमान अध्यक्ष वुद्धि बहादुर बस्नेत, होटल व्यवसायी संघ बागमती प्रदेशका सदस्य सुनील अर्याल, होटल व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष भनिश्वर दुवे, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका महासचिव विष्णु प्रसाद घिमिरे, सुन्धारा विटका इन्चार्ज सहि गोविन्द राउत र सुन्धारा होटल व्यवसायी संघका अध्यक्ष देवी प्रसाद कँडेलले भनाई राखेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology