Logo

२०८३, आश्विन १०गते


images
images

लागुपदार्थ सेवन गरी सवारी चलाउने ११ जना चालक पक्राउ  

लागुपदार्थ सेवन गरी सवारी चलाउने ११ जना चालक पक्राउ  

images
  • लागुपदार्थ सेवन गरी सवारी चलाउने ११ जना चालक पक्राउ  
    फाइल फोटो
    images
    images

    काठमाडौं  । काठमाडौंको नागढुंगामा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ११ जना चालकलाई  शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण व्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले शनिबार  राति १० बजेदेखि साढे ११ बजेसम्म २५ ओटा सवारी साधनका चालकलाई चेक गर्दा ११ जनाले लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएको थियो ।

    images
    images
    images

    पक्राउ पर्नेहरुमा बा २ ख १२४४ नम्बरको हाइसका चालक धादिङका २६ वर्षीय ईश्वर श्रेष्ठ, ग १ ख २७७२ नम्बरको हाइसका चालक धादिङकै २६ वर्षका नारायण परियार, बा २ ख २०७४ नम्बरको हाइसका चालक धादिङकै ३२ वर्षीय विकास मिजार, ग १ ख २९५९ नम्बरको हाइसका चालक गोरखाका २९ वर्षीय नरेश गुरुङ, ग १ ख २९५७ नम्बरको हाइसका चालक बाराका ३८ वर्षीय रामप्रसाद आचार्य, ग १ ख २८१९ नम्बरको हाइसका चालक कास्कीका २६ वर्षीय नविन बिक रहेका छन् ।

    images
    images
    images

    त्यस्तै, प्रदेश २–०३–००१ ख ०५१९ नम्बरको बसका चालक सर्लाहीका २३ वर्षीय नजाम हुसेन, बा ८८ प २४७५ नम्बरको मोटरसाइकलका चालक भोजपुरका ४० वर्षीय श्याम कुमार तिरुवा, ना ७ ख ६२२४ नम्बरको ट्रकका चालक ४० वर्षीय बाराका जयराम साह तेली, ना ४ ख ७१९५ नम्बरका ट्रकका चालक ललितपुरको गोदावरी ३ का ३४ वर्षीय बिक्रम दमाई र बा ४ ख ६२९ नम्बरको टिपरका चालक धादिङका २५ वर्षीय अशोक घिमिरे रहेको प्रहरीले जनाएको छ ।

    लागुऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा फेला परेका ११ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी प्रभाग बलम्बु पठाइएको छ । उनीहरूलाई थुनामा राखेर लागुऔषध सेवनको मुद्दा चलाइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

    मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरुलाई लामो समयदेखि नै ट्राफिक प्रहरीले कारबाही गर्दै आएपनि पछिल्लो समय लागुऔषध समेत सेवन गरेर सवारी साधन चलाउने चालकहरू भेटिन थालेपछि लागुऔषध चेकजाँच अभियानलाई तिव्रताका साथ अगाडी बढाइएको छ । आउँदै गरेको होलीको दिन पनि व्यापक रुपमा लापसे र मापसे चेकिङ गरिने प्रवक्ता भट्टले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नागढुंगा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।