Logo

२०८३, कार्तिक २७गते


images
images

नेकपा एमालेकाे मिसन ग्रासरुट वडामा पुग्याे

नेकपा एमालेकाे मिसन ग्रासरुट वडामा पुग्याे

images
  • सेतोमसी सहकर्मी
  • नेकपा एमालेकाे मिसन ग्रासरुट वडामा पुग्याे
    images

    कृष्ण अन्जान ,रिडीबजार । नेकपा एमालेले सन्चालन गरेकाे मिसन ग्रासरुट अभियान जिल्ला ,पालिका हुँदै वडामा केन्द्रित छ । यसै अभियान अन्तरगत रुरुक्षेत्र गाउँ पालिका वडा न १ काे रिडीबजारमा वडा स्तरीय मिसन ग्रासरुट अभियानकाे भेलामा पार्टीका कार्यकर्ताहरुले खुलेर बहस गरेका छन ।मुख्य रुपले पछिल्लो समय पार्टी भित्र देखिएकाे साँगठनिक अराजकता ,अनुशासन हिनता ,पार्टी चुनावमुखि मात्र हुनु ,निर्वाचनमा भएका अन्तरघात लगाएतका विषयमा कार्यकर्ताले मज्जाले वहस गरेका छन ।                मिसन ग्रासरुट कार्यक्रममा बाेल्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य निलकण्ठ गौतमले पार्टीका लागि सिद्धान्त ,विचार र अनुशासन महत्त्वपूर्ण भएकाे बताए ।उनले हामी कम्युनिस्ट बन्यौँ तर सक्कली कम्युनिस्ट बन्न सकेनौँ भन्दै कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता हरु लाेभ लालचमा फँस्ने र एका अर्काकाे खुट्टा तान्ने प्रवृत्तिमा लागेकै कारण पार्टी भित्र अराजकता मौलाएकाे बताए ।        

    images
    images
    images

               मिसन ग्रासरुट अभियानमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै नेकपा एमाले गुल्मीका उपसचिव धर्म विश्वकर्माले पार्टीको आन्तरिक जीवनलाई सुधार्न मिसन ग्रासरुट अभियान सन्चालन भएकाे र राजनीतिक विचार याेजना ,नीति विधि पद्धतिले पार्टीलाई सहि बाटाेमा डाेर्याउन कार्यकर्तालाई आग्रह गरे ।      

    images
    images
    images

    कार्यक्रममा आफ्ना धारणा राख्दै नेकपा एमाले जिल्ला सदस्य हिमाल श्रेष्ठले जनवर्गीय सँगठनकाे कृयाशिलता बढाउनु पर्ने बताउँदै मिसन ग्रासरुट मात्र हाेईन  पार्टीको उपल्लो तहमा पनि सुद्दिकरण र सुदृढीकरणका लागि टपरुट अभियान चलाउनु पर्ने धारणा राखे ।नेकपा एमाले वडा न १ कमिटीका अध्यक्ष नवराज विककाे अध्यक्षतामा भएकाे वडा स्तरीय भेलामा नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका अध्यक्ष फर्सुराम ज्ञवाली ,जिल्ला कमिटी सदस्य कला पाण्डे ,पार्टीका जिल्ला सल्लाहकार समितिका सदस्य चन्द्रलाल कसजु लगाएतले आफ्ना धारणा राखेका थिए । मिसन ग्रासरुट अभियानकाे निरन्तरतामा नेकपा एमाले रुरुक्षेत्र १ वडा कमिटीले फागुन २७ गते पार्टीको वडा स्तरीय विशेष अधिवेशनकाे मिति ताेकेकाे छ भने जन वर्गीय सँगठनलाई पनि पुनर्गठन र गठनकाे तयारी गरेकाे छ ।  

    images
    images

    यसैगरी पार्टीलाई विभिन्न कालखण्डमा बचाई राख्न महत्त्वपूर्ण भुमिका निर्वाह गरेका पार्टीका जेष्ठ सदस्य हरुलाई सम्मान गर्ने कार्यका लागि नाम सँकलन गर्न चन्द्रलाल कसजुकाे सँयाेजकत्वमा कृष्ण अन्जान ज्ञवाली ,माधव ज्ञवाली ,फर्सुराम ज्ञवाली ,नवराज वि क ,र चिरन्जिवि ज्ञवाली रहेकाे छ सदस्यीय समिति बनाईएकाे छ भने यहि समितिले नेकपा एमालेकाे रुरुक्षेत्र वडा न १ काे पार्टीको इतिहासकाे दस्तावेज तयार गर्ने नेकपा एमाले वडा न १ का सचिव चिरन्जिवि ज्ञवालीले जानकारी दिएका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मिसन ग्रासरुट अभियान
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।