Logo

२०८३, कार्तिक २६गते


images
images

फेवातालमा डुङ्गा दुर्घटनामा एक जनाको निधन

फेवातालमा डुङ्गा दुर्घटनामा एक जनाको निधन

images
  • फेवातालमा डुङ्गा दुर्घटनामा एक जनाको निधन
    images

    राजेश  पराजुली, पोखरा । पोखराको फेवातालमा डुङ्गा पल्टिएर घाइते भएकी एक महिलाको निधन भएको छ । पोखरा– १ बगरकी ७० वर्षीया याम माया गिरीको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

    images
    images
    images

    डुङ्गा पल्टिएपछि गम्भीर अवस्थामा उद्धार गरिएकी गिरीलाई हस्पिटल लगिएको थियो । चिकित्सकले उपचारको क्रममा मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी ​श्रवण कुमार विकले जानकारी दिए ।

    images
    images
    images

    शनिबार दिउँसो ४ बजेको समयमा अचानक आएको हावाहुरीका कारण ६ जना सवार डुङ्गा पल्टिएकोमा अन्य ५ जनाको सकुशल उद्धार गरिएको थियो । डुङ्गा मुनि परेकी गिरीलाई गम्भीर अवस्थामा उद्धार गरिएको थियो । डुंगामा सवार ६ जना नै एकै परिवारका हुन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डुङ्गा पल्टिएर घाइते
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।