Logo

२०८३, श्रावण ३०गते


images
images

एकसातापछि काममा फर्किन्छुः पल शाह

एकसातापछि काममा फर्किन्छुः पल शाह

images
  • एकसातापछि काममा फर्किन्छुः पल शाह
    images
    images

    काठमाडौँ । अभिनेता पल शाहले एकसाताको आराम पछि काममा फर्किने बताएका छन् । एकबर्ष जिल्ला कारागार तनहुँमा बसेर रिहाई भएपछि बुधबार काठमाडौँ आइपुगेका अभिनेता पलले एकसाता पछि म्युजिक भिडियोको तयारीमा जुट्ने बताएका हुन् । 

    images
    images
    images


    उनले अर्को साताबाट कुन म्युजिक भिडियोका लागी कसरी काम गर्ने भन्ने बिषयमा छलफलमा बस्ने जानकारी दिएका हुन् । 'एकसाताको रेस्ट पछि काममा फर्किन्छु । कुन म्युजिक भिडियोबाट आउने भन्ने बिषयमा टिमसँग बसेर छलफल हुन्छ ।' अभिनेता पलले भने । 'अहिले नै यहि म्युजिक भिडियो भन्न त सक्दिन तर धेरै समय पनि लगाउँदिन ।'

    images
    images
    images

    चलचित्रमा कहिले देखि आउनुहुन्छ भन्ने प्रश्नमा चलचित्रका लागी अहिले तत्काल नसोचेको बताए । उनी अघि भन्छन्, 'चलचित्रमा आउन अलि समय लाग्छ । सुरुमा म्युजिक भिडियो गरेपछि चलचित्रका लागी सोचेको छु ।' 

    images
    images
    images

    पललाई एक नाबालिग गायिकाले आफूलाई जबरजस्ती करणी गरेको भन्दै गतबर्षको फागुन ११ गते किटानी जाहेरी दिएकी थिइन् । फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका पल योबर्षको फागुन १५ मै रिहाई भएका हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पल शाह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।