Logo

२०८३, आश्विन ९गते


images
images

रिलिज भए ‘२.० छड्के’ र ‘छक्का पञ्जा ४’

रिलिज भए ‘२.० छड्के’ र ‘छक्का पञ्जा ४’

images
  • रिलिज भए ‘२.० छड्के’ र ‘छक्का पञ्जा ४’
    images
    images

    काठमाडौँ। दुई नेपाली चलचित्रहरु ‘२.० छड्के’ र ‘छक्का पञ्जा ४’ देशैभर एकसाथ रिलिज भएका छन् । छक्का पञ्जाको ब्राण्ड र अनमोलको क्रेजका कारण आज रिलिज यि दुवै चलचित्रहरु बहुप्रतिक्षित सूचीमा थिए । देशैभरका हलहरुले छड्केलाई भन्दा छक्का पञ्जालाई बढि शो टाइम छुट्टाएका छन्।

    images
    images
    images

    ग्याङस्टर श्रेणीको ‘२.० छड्के’लाई छड्के फेम निर्देशक निगम श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । यसमा अनमोलका साथमा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी, कुमार घलानको पनि अभियन छ । प्रशान्त गिरी र देवकुमार श्रेष्ठ यसका निर्माता हुन् ।

    images
    images
    images

    दीपक-दीपा ब्राण्डको ‘छक्का पञ्जा ४’लाई हेमराज बिसीले निर्देशन गरेका छन् । राजनीतिक कथामा बनाईएको यसमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, नीर शाह, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशी, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकीलगायतको अभिनय छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # छड्के
  • # छक्का पञ्जा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।