Logo

२०८३, आश्विन ९गते


images
images

ब्याटिङ नचल्दा नेपाल युएईसँग पराजित, एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन बाँकी ६ मध्ये ४ खेल जित्नु पर्ने

ब्याटिङ नचल्दा नेपाल युएईसँग पराजित, एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन बाँकी ६ मध्ये ४ खेल जित्नु पर्ने

images
  • ब्याटिङ नचल्दा नेपाल युएईसँग पराजित, एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन बाँकी ६ मध्ये ४ खेल जित्नु पर्ने
    images
    images

    काठमाडौ । नेपालको ब्याटिङ नचल्दा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपाल आयोजक युएईसँग पराजित भएको छ ।

    images
    images
    images

    दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भयो । जितका लागि २०८ रनको लक्ष्य पाएको नेपालले ३१.५ ओभरमा सबै विकेट गुमाएर एक सय ३९ रन बनायो ।
    नेपालका लागि कुशल मल्लले सर्वाधिक ६०, सन्दीप लामिछानेले अविजित २६ रन बनाए भने ओपनर आशिफ शेखले १७ रन जोडेका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    images
    images
    images

    टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा दुई सय सात रन बनाएको थियो । बलिङ तर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए भने करण केसी, कुशल मल्ल र आरिफ शेखले एक एक विकेट लिए ।

    images
    images
    images

    एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन नेपालले लिग २ मा आफ्नो बाँकी रहेको ६ मध्येको ४ खेल जित्नु पर्नेछ । यूएईको ३० खेलमा ३१ र नेपालको ३० खेलमा २८ अंक छ । ३० खेलबाट सात अंक बनाएको पीएनजी अन्तिममा छ । नेपालले अब तेस्रो खेल शुक्रबार पीएनजी र अन्तिम खेल २२ गते पुन: युएईसँग खेल्नेछ ।

    यसअघि भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई चार विकेटले हराएको थियो  । युएईसँगको हारले नेपालको विश्वकप छनोट कठिन बनेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल युएईसँग पराजित
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।