Logo

२०८३, आश्विन ९गते


images
images

संस्कृत गुरूकुलमा समस्याका चाङ, न खाने राशन छ, न सुत्ने खाट

संस्कृत गुरूकुलमा समस्याका चाङ, न खाने राशन छ, न सुत्ने खाट

images
  • सेतोमसी सहकर्मी
  • संस्कृत गुरूकुलमा समस्याका चाङ, न खाने राशन छ, न सुत्ने खाट
    images
    images

    गुल्मी । संस्कृत गुरुकुल रुरुधाममा अध्ययन गर्न आएका वटुकहरु विहानै  चार बजे उठेर नुहाई धुवाई लगायतका नित्यकर्ममा व्यस्त देखिन्छन् ।  चिसाे मौसम छ  तैपनि गुरुकुलका वटुकहरु आफ्नो नित्यकर्ममा व्यस्त छन।  सवेरै चार बजेबाट रिडी सँस्कृत तथा साधारण माध्यमिक विद्यालयले सँरक्षण गरेको सँस्कृत गुरुकुलमा बटुकहरुको चहलपहल शुरु भैसकेको हुन्छ । 

    images
    images
    images

    पन्चस्नान लगायतका नित्य कर्म सकेपछि गुरुकुलका बटुकहरु बिहान छ बजेदेखि रुद्रि चण्डि र वेदका ऋचाहरु फलाक्न थाल्छन । यो श्रृँखला आठबजेसम्म चल्छ । अनि खानपान पछि दिउसो सँस्कृत शिक्षा र साँझफेरी कर्मकाण्ड लगायतका विषयको अध्ययन अध्यापन शुरुहुन्छ।

    images
    images
    images

    यहि सँस्कृत माध्यमिक विद्यालय हो, जहाँ गुरुकुल परम्परालाई आत्मसात गर्दै चण्डी रुद्री वेद कौमुदी अमरकोषको अध्यापन गराउँदै बिक्रमसम्बत १९६९ सालमा आफुलाई स्थापित गरेको थियो । पुन: करिब एकसय नौ वर्ष पछि वैदिक सँस्कृतिको प्रचार प्रसारका लागि गुरुकुल पद्धतिमा अध्ययन अध्यापन शुरु गरिएको छ । 

    images
    images
    images

    विक्रम सम्वत २०७७ सालको महाशिवरात्रीको दिन पारेर शुरु गरिएको सँस्कृत गुरुकुल रुरुधाममा नियमित सत्तरी जना बटुकले अध्ययन गर्छन भने ३० जना आवासीय रुपमा गुरुकुलको आवास गृहमा बस्छन ।तर अत्यन्तै कष्टकर छ गुरुकुलका वटुक  प्रकाश भट्टराई भन्छन ।

    दुईवटा कोठामा पुराना पाठशालाका बेन्च जोडेर दुखजिलो रात कटाउँदै आएका छन बटुकहरुले । रुरुक्षेत्र गाउँपालिकाले बनाईदिएको आवास भवन त छ तर त्यहाँ न बिजुली बत्ति छ न झ्याल ढोका सबैमा छन । खाटको व्यवस्था छैन । एउटा पिडादायी व्यवस्थापनका माझमा सँस्कृत शिक्षा लिईरहेका छन विद्यार्थीहरु । अझै विडम्बना त आवासीय गृहमा बस्ने बटुकहरुलाई खाने खर्चको समस्या जटिल छ ।

    "केही दाताहरूको कृपाले अहिलेसम्म चलाउँदै आएका छौँ तर दिगो रुपमा समस्या समाधान खोज्दै पर्ने भएको छ  । केही रकमकाे जाेहाे महर्षी वैदिक फाउण्डेशन फर वैदिक कल्चरले मासिक रुपमा  उपलब्ध गराउँछ तर त्यसले दस वाह्र दिनलाई मात्र पुग्छ,"  गुरुकुलका बटुकहरु आफैले पकाउने भाँडा माझ्ने काममा पनि लाग्नु पर्ने हुँदा पढाइमा वाधा छ तर गुरुकुलले आर्थिक अभावकै कारण भान्से समेत राख्न नसकेको सँस्कृत तथा साधारण माविका प्रधानाध्यापक माधव प्रसाद ज्ञवालीकाे भनाई छ ।
                                        
    दाङ, बर्दिया, बाँके, बाग्लुँग लगायत लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका अधिकांश जिल्लाबाट यो गुरुकुलमा आएर संस्कृत कर्मकाण्ड, वेद, रुद्रि, चण्डि अध्ययन गर्ने बटुकहरु यहाँ रहेका छन । कर्मकाण्डको व्यवहारिक योग्यता बढाउनेसंगै ज्ञान विज्ञानको समन्वयात्मक शिक्षा दिँदै बहुआयामिक र विद्दान जनशक्ति उत्पादन गर्ने लक्ष यस गुरुकुलले लिएपनि दिगो व्यवस्थापनले समस्या पारेकाे छ ।

    "टाढाटाढाबाट गुरुकुलमा विद्यार्थी पठाउन अभिभावकहरुले सम्पर्क गरिरहनु भएको छ र लाग्छ सँस्कृत शिक्षाप्रति आकर्षण त बढेको छ तर गुरुकुलको अवस्थाले थप विध्यार्थी राख्न सकेको छैन । संस्कृत गुरुकुल रुरुधाममा अध्ययन गर्ने बटुकहरुमा कमजोर आर्थिक अवस्था भएका, अभिभावक गुमाएका साना वालकहरुपनि छन । यसले के देखाउँछ भने यो गुरुकुल मानवता सिकाउने पाठशाला पनि हो ।" गुरुकुलकाे व्यवस्थापनका लागि सँघ र प्रदेशसँग समन्वय गरिने रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाअध्यक्ष नवराज विकले बताए ।

    समस्याको चाङभित्रपनि सँस्कृत गुरुकुलले हिम्मत हारेको छैन र विभिन्न व्यक्ति र सँघ सँस्थाहरुसँग हार-गुहार गरिरहेको छ । ज्ञान लिन कठिन छ भन्ने पुर्खाको भनाई यतिबेला सँस्कृत गुरुकुल रुरुधामले व्यहोर्दै त छ, तर समस्याका माझपनि मिठो प्रतिफलको आशा भने अझै मरिसकेको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संस्कृत गुरूकुल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।