Logo

२०८३, कार्तिक २७गते


images
images

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन

images
  • स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन
    images

    काठ्माण्डौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन भएको छ । आगामी चैत्र ५ गते हुने निर्वाचनका लागि उपत्यकासहित देशभरिका त्रिवि आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरिएको छ । सो समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिएका छन् ।

    images
    images
    images

    त्रिविका सबै आङ्गिक क्याम्पसमा विद्यार्थी कल्याण्ड प्रमुख रहने व्यवस्था रहेको छ । यसअघि त्रिविका शिक्षाध्यक्ष प्रा.डा.शिवलाल भुसालको अध्यक्षतामा १६ सदस्यीय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गरिसेकेको छ ।

    images
    images
    images

    निर्देशनालयका निर्देशक अधिकारीले क्याम्पसमा गठन गरिएको समिति र क्याम्पस प्रमुखलाई जिल्ला स्थित निर्वाचन आयोगसँग स्ववियु निर्वाचनमा समन्वय गर्न अनुरोध गरिएको बताएका छन् । यस्तै उनले स्ववियु निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत ७७ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार समेत गरिएको जानकारी दिएका छन् ।

    images
    images

    प्रत्येक २÷२ वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालदेखि यता नियमित हुन सकेको छैन । वि.सं.२०६५ चैत्र ६ गते भएको स्ववियु निर्वाचन एकै पटक ८ वर्षमा २०७३ चैत्र १५ गते भएको थियो । अहिले करिब ५ वर्षको अन्र्तरालपछि पून स्ववियु निर्वाचन हुँदैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।