Logo

२०८३, श्रावण २७गते


images
images

तरकारीले उचित मूल्य नपाएपछि कालो बेलुन र कृषि औजारसहित किसानको बिरोध प्रदर्शन

तरकारीले उचित मूल्य नपाएपछि कालो बेलुन र कृषि औजारसहित किसानको बिरोध प्रदर्शन

images
  • तरकारीले उचित मूल्य नपाएपछि कालो बेलुन र कृषि औजारसहित किसानको बिरोध प्रदर्शन
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश (चितवन) । चितवनका किसानले आज कृषि औजारसहितको बिरोध प्रदर्शन गरेका छन्। माघ २० मा उत्पादित तरकारीको उचित मूल्य नपाएपछि राजमार्गमा तरकारी फालेर विरोध प्रदर्शन गरेका चितवनका किसान आफ्नो माग पूरा नभएको भन्दै आज पुनः विरोधमा उत्रिएका हुन्।

    images
    images
    images

    भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा प्ले कार्डसहित भेला भएका किसानहरू जिल्ला प्रशासन कार्यालय, बाइपास रोड, कृषि ज्ञान केन्द्र, चौबिसकोठी हुँदै नारायणगढको पुल्चोक पुगेका थिए । ‘राजमार्गमा ट्याक्टरसहित किसान प्रर्दशनमा उत्रिएका किसानले माग सम्बोधन गर्ने आश्वासन धेरै आए पनि कार्यान्वयन नभएको गुनासो गरेका छन् । कार्यान्वयनका लागि दबाब दिन किसानहरू गाउँगाउँबाट प्रदर्शनमा सहभागी भएका हुन् । किसानले उठाएका मागहरू सम्बोधनका लागि आश्वासनमात्र आएकाले कार्यान्वयनमा दबाब दिन दोस्रो चरणको आन्दोलन गर्नु परेको लेखनाथ भुषालले बताए।

    images
    images
    images

    किसान संघर्ष समिति चितवनले विदेशी तरकारी आयातलाई निषेध गर्नुपर्ने मागसहित स्वदेशी तरकारी तथा कृषिजन्य उत्पादनलाई प्रोत्सान गर्नुपर्ने, किसानको वर्गीकरण गरी किसान कार्ड र पेन्सनको व्यवस्था गर्नुपर्ने, तरकारी तथा कृषिजन्य वस्तुहरूमा लागत मूल्य नउठेमा सरकारले अनुदान दिनुपर्ने, उत्पादन र क्षेत्रफलका आधारमा अनुदान दिनुपर्नेलगायत १० बुँदे माग गरेका छन्।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।