Logo

२०८३, श्रावण २७गते


images
images

भुस्याहा कुकुरले बाख्रा टाेक्न छाडेनन्

भुस्याहा कुकुरले बाख्रा टाेक्न छाडेनन्

images
  • सेतोमसी सहकर्मी
  • भुस्याहा कुकुरले बाख्रा टाेक्न छाडेनन्
    images
    images

    कृष्ण अन्जान, गुल्मी । रुरुक्षेत्र गाउँ पालिका वडा न ३ काे थानपति क्षेत्रमा भुस्याहा कुकुरको आतंकले उग्र रुप लिएकाे छ ।  बुधबार अपरान्ह रुरुक्षेत्र ३ स्यालपाेखरीका दुर्गा बहादुर विककाे बाख्राकाे पाठाेलाई समुहमा आएका भुस्याहा कुकुरले दुईतिरबाट लुछेर लछारपछार पार्दै घाईते मात्र बनाएनन  कुकर लखेट्न जाँदा घरधनी इन्दु वि क लाई समेत भुस्याहा कुकुरको जमातले लखेटेकाे थियाे । 

    images
    images
    images

    "गाेठमा रहेको बाख्राकाे पाठालाई कुकुरले टाेक्न थाले मैले लखेट्न जाँदा मलाई समेत लखेेटे, घरभित्र दगुरेर जाेगिएँ" इन्दु विकले भनिन । भुस्याहा कुकुरको आतंकले यतिबेला रुरुक्षेत्रकाे ३ थानपती र १ च्यूरेककाे स्थानीय आतंकित छन । किसानले पालेका बाख्रा घरमै आएर टाेक्ने लछारपछार पार्ने गर्न थालेपछि "हाम्रो समस्या कस्ले बुझ्ने, भएकाे क्षति कसले भर्ने" दुर्गा बहादुर विकले गुनासाे गरे । 

    images
    images
    images

    यस अघि रुरुक्षेत्र १ मा सीता विक, ३ मा रिता नेपाली र युवराज गौतमकाे घरमा यसैगरी बाख्रा माथी  भुस्याहा कुकुरको समुहले आक्रमण गरि घाईते बनाएकाे र केही बाख्रा मरेका समेत थिए । 

    images
    images
    images

    रुरुक्षेत्र गाउँपालिकाले बजेटै व्यवस्थापन गरेर कुकुर बन्ध्याकरण गर्ने ,एन्टिरेविजकाे ईन्जेक्सन लगाउने काम गरिरहेपनि कुकुर आतंक भने समाधान भएकाे छैन र झन पछि झन गाउँघरतिर भुस्याहा कुकुरको आतंक बढेकाे पाईएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भुस्याहा कुकुर
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।