देवदह। देवदह महोत्सवमा भएको डान्सिङ्ग आइडलको उपाधि सुरक्षा रानाले उचालेकी छिन। देवदह महोत्सवमा माघ २१ गते भएको डान्सिङ्ग आइडलको अडिसन राउण्डबाट डान्सिङ्ग तर्फ १६ जना छनोट भएकी उनले फाइनलमा प्रवेश गरेका ५ जना प्रतियोगीलाई पछि पार्दै उपाधि जितेको हुन्।
दर्शकले दिएको ५० प्रतिशत मत र निर्णायक मण्डलको ५० प्रतिशत मतको आधारमा विजेता छनोट गरिएको सचिब मेल आयोजक संस्था उद्योग व्यापार संघका सचिव प्रेम थापाले जानकरी दिए।

डान्सिङ्ग आइडल तर्फ प्रिन्सेस सोनी दोस्रो र रमेश बुढाले तेस्रो स्थान हात पार्न सफल भए।
विजेता सुरक्षा रानाले ३५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी छन्। साथै विजेता रानाले बिभिन्न म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत प्राप्त गर्नेछन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology