देवदह । देवदह महोत्सवमा भएको सिङ्गिङ्ग आइडलको उपाधि देवदहका सुरज खातीले जितेका छन्। माघ २१ गते भएको सिङ्गिङ्ग आइडलको अडिसन राउण्डबाट सिङ्गिङ्ग आइडल तर्फ छनोट भएका १२ जना प्रतिस्पर्धीलाई पछि पार्दै खातीले उपाधि जितेका हुन्।
त्यस्तै स्मृति परियार फस्ट रनर अप र आशिक हिताङ तेस्रो भएका छन्। दर्शकको ५० प्रतिशत मत र निर्णायक मण्डलको ५० प्रतिशत मतको आधारमा विजेता छनोट गरिएको सिङ्गिङ्ग आइडलका संयोजक तथा निर्णायक तेजु अर्यालले जानकरी दिए।
सिङ्गिङ्ग आइडल तर्फ अडिसन राउण्डमा सहभागी भएका २८ जना मध्य बाट उत्कृष्ट प्रस्तुति दिएका १२ जना लाइभ राउन्डमा छनौट भएका थिए । १२ जना प्रतिस्पर्धिलई पछि पार्दै खातीले उपाधि उचालेका हुन्।
विजेता खातीले ३५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology