Logo

२०८३, आश्विन ९गते


images
images

घरेलु मैदानमा स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित

घरेलु मैदानमा स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित

images
  • घरेलु मैदानमा स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित
    images
    images

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू को घरेलु मैदानमा भएको शृंखला नेपालले क्लिन स्वीप गरेको छ ।

    images
    images
    images

    त्रिकोणात्मक शृंखलाको चारै वटा खेल जित्ने क्रममा नेपालले आज अन्तिम खेलमा लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

    images
    images
    images

    नेपाललाई जिताउन कप्तान रोहितकुमार पौडेल र करण केसीले नवौं विकेटका लागि कीर्तिमानी साझेदारी गरेका थिए । लिग च्याम्पियन भइसकेको स्कटल्याण्डलाई २१२ मा अलआउट गरेको नेपाल सुरुवातदेखि नै दबाबमा परेको थियो ।

    images
    images
    images

    १३८ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो । तर दबावका बीच कप्तानी पारी खेलिरहेका रोहितलाई करण केसीले बलियो साथ दिएपछि नेपालले २१३ रनको लक्ष्य ४४.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । रोहितले अविजित ९५ रन बनाए ।

    १०१ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरे । दशौं नम्बरमा ब्याटिङ गर्न आएर पनि रोहितसँग उत्कृष्ट साझेदारी गरेका करणले ३७ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित ३१ रन बनाए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल
  • # स्कटल्याण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।