काठमाडौं । ग्यास सिलिन्डर विस्फोटमा परी घाइते नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारको क्रममा उनकाे आज बिहान निधन भएकाे हाे ।
बुधबार राति बुद्धनगरस्थित निवासमा सिलिन्डर पड्किँदा भण्डारी आमाछाेरा गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिइन् ।
ताम्राकारका अनुसार आज बिहान करिब १० बजेर ५७ मिनेटमा उनको निधन भएको हो । घाइते सांसद भण्डारीलाई थप उपचारका लागि भारतकाे मुम्बई लैजाने तयारी भइरहेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology