Logo

२०८३, कार्तिक २७गते


images
images

सांसद भण्डारीलाई अस्पतालले किन गर्‍यो भारतमा रिफर ?

सांसद भण्डारीलाई अस्पतालले किन गर्‍यो भारतमा रिफर ?

images
  • सांसद भण्डारीलाई अस्पतालले किन गर्‍यो भारतमा रिफर ?
    फाईल फोटो: सांसद डा. चन्द्र भण्डारी
    images

    काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीलाई भारतको मुम्बई लैजाने तयारी थालिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीलाई मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लैजान लागिएको हो ।

    images
    images
    images

    भण्डारीलाई त्रिभुवन विमानस्थल लैजान अहिले कीर्तिपुर अस्पतालमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । कीर्तिपुर बर्न अस्पतालकी मेडिकल डाइरेक्टर डा. नजिना ताम्राकारका अनुसार भण्डारीको उपचार नेपालमा सम्भव नहुने भएपछि भारत रिफर गर्नुपरेको हो । 

    images
    images
    images

    चिकित्सकका अनुसार भण्डारीको शरीरको ३० प्रतिशत भाग जलेको छ । दुवै हात, दुवै गोडा र अनुहार जलेको छ । ‘माननीयज्यूको २५ देखि ३० प्रतिशत गहिरो जलन छ । यो रिस्क फ्याक्टर हो’, डा. ताम्राकारले अनलाइनखबरसँगको भनिन्, ‘उहाँको पोलेको ठाउँमा छाला राख्नुपर्ने हुन्छ । परिवारको अनुरोधमा हामीले रिफर गरेको हौं ।’

    images
    images

    हालको स्रोत र साधनको अवस्थामा उहाँहरुको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा रिफर गर्नुपरेको अस्पताल प्रशासनले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सांसद चन्द्र भण्डारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।