Logo

२०८३, आश्विन ९गते


images
images

हज यात्राका लागि निवेदन खुला, पहिलो किस्तामा दुई लाख २५ हजार बुझाउनुपर्ने

हज यात्राका लागि निवेदन खुला, पहिलो किस्तामा दुई लाख २५ हजार बुझाउनुपर्ने

images
  • हज यात्राका लागि निवेदन खुला, पहिलो किस्तामा दुई लाख २५ हजार बुझाउनुपर्ने
    images
    images

    काठमाडौं । सन् २०२३ (हज १४४४) का लागि निवेदन खुला गरिएको छ । नेपाल हज समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सूचना प्रकाशित गरेको छ ।

    images
    images
    images

    यसपटक हज यात्राका लागि साउदी अरब सरकारले नेपाललाई १ हजार दुई सय कोटा तोकेको छ । सोही अनुसार प्रक्रिया पुर्‍याएर निवेदन दिएका १२०० जनाले हज यात्रा गर्न पाउनेछन् ।

    images
    images
    images

    हज यात्राका लागि पहिलो किस्तावापतको दुई लाख २५ हजार रुपैयाँ आफ्नो जिल्ला प्रशासन कार्यालयमा बुझाएर निवेदन दिनुपर्नेछ ।

    images
    images
    images

    निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानीको छायाप्रति, रकम बुझाएको भौचर, हालसालै खिचिएको २ प्रति पासपोर्ट साइजको फोटो, कोरोनाविरुद्धको पूर्ण खोप लगाएको क्यूआर कोड र बैंक खाताको चेकको फोटोकपी पेस गर्नुपर्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हज यात्रा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।