Logo

२०८३, आश्विन ९गते


images
images

पोखरामा फागुन ५ र ६ गते महाशिवरात्री विश्वसंगीत महोत्सव हुने 

पोखरामा फागुन ५ र ६ गते महाशिवरात्री विश्वसंगीत महोत्सव हुने 

images
  • पोखरामा फागुन ५ र ६ गते महाशिवरात्री विश्वसंगीत महोत्सव हुने 
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरामा फागुन ५ र ६ गते महाशिवरात्री विश्वसंगीत महोत्सव हुने भएको छ । ३४ वर्ष अगाडि स्थापना भएको नमस्ते ब्याण्डले १६ औं महाशिवरात्री विश्वसंगीत महोत्सवको आयोजना गरेको हो । कार्यक्रममा पोखरा लेकसाइड स्थित बाराही घाटमा हुनेछ ।

    images
    images
    images

    महाशिवरात्रीको समयमा आयोजित सांगीतिक कार्यक्रममा यसपाली अमेरिका, जापान, भारतका कलाकारको प्रस्तुति रहने नमस्ते ब्याण्डका अध्यक्ष एवम् महाशिवरात्री विश्वसंगीत दिवसका परिकल्पनाकार इश्वर गुरुङले जानकारी गराए । 

    images
    images
    images

    मर्करी ब्याण्ड, पिसजोन ब्याण्ड, अपुर्व, दिप श्रेष्ठ, राजु परियार, रब्नि एण्ड रेगुलेसन, मुक्ती एण्ड रिबाइबल, स्ट्रिम एण्ड एन्जन्र्स, मङ्गोलियन हार्टका राजु लामा,राजेश पायल राई, यम बराल लगायतका कलाकारको उपस्थिति रहने भनाई उनको छ । 

    images
    images
    images

    ‘देखेर तिमिलाई‘’,‘लजाएर‘’ लगायतका गीतका गायक एवम् संगीतकार सुजन चापागाईलाई कार्यक्रममा सम्मान गर्न लागिएको छ । जसमा उनको प्रस्तुति समेत रहने उनले बताएका छन् । ‘महाशिवरात्री महोत्सव कलाकारको उत्सव हो । नेपालका चर्चित कलाकारको उपस्थिति त्यो दिन रहन्छ । हामीले यसलाई व्यवसायिक भन्दा पनि सामाजिक एवम् धार्मिक आस्थाका रुपमा लिएका छौं । हाम्रो हरेक कार्यक्रमको एउटा उद्देश्य हुन्छ । जसलाई सफल बनाउन पोखरेली दर्शकको न्यानो माया आजसम्म मिलेको छ ।’,उनले भने ।

    ब्याण्डको वार्षिक उत्सवमा गुरुङले वर्षेनी महाशिवरात्री अवसर पारेर सांगीतिक कार्यक्रम समेत गर्दै आएका छन् । ‘हामीले कुनै कमाउने उद्देश्यले कार्यक्रम राखेका होइनौं । हाम्रो उद्देश्य भनेकै नेपाली संगीतको प्रवद्र्धन हो ।’, उनले भने ।

    शिवरात्रीकै समयमा पारेर जापानमा समेत यसअघि ४ पटक सम्म उक्त कार्यक्रमको आयोजना गरिसकिएको छ । 

    महोत्सव प्रवेशका लागि टिकट काट्नुपर्नेछ । सबै दर्शकले आत्मसात् गर्ने गरी टिकट शुल्क निर्धारण गरिएको गुरुङले बताए । 

    कोभिडका कारण बीचमा कार्यक्रमले निरन्तरता नपाए पनि अबको समयमा निरन्तरता दिने उनको प्रतिबद्धता  छ । 

    नमस्ते ब्याण्डले नेपाली गीत संगीतको सम्बद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको कार्यक्रमका संयोजक शिवजी भट्टराईले बताए । सम्पूर्ण कलाकारहरुलाई एकीकृत गर्दै नेपाली गीतसंगीतलाई माथि उठाउन इश्वर गुरुङको योगदान अतुलनीय रहेको अभिव्यक्ति उनको छ । 

    महाशिवरात्री विश्वसंगीत महोत्सव कलाकारको जमघट गर्ने थलो भएको भनाई उनको छ । 

    सहसंयोजक नारायण भण्डारीले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए । उनका अनुसार कार्यक्रम मार्फत पोखराको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्नेछ । कार्यक्रम सम्पन्न गर्न ३८ लाख खर्च लाग्ने उनले उल्लेख गरेका छन् ।  

    इश्वरका बारेमा: 

    इश्वरलाई अहिलेको नयाँ पुस्ता भन्दा पुराना पुस्ताले अलिक बढी चिन्छन् । “जाउँ है पोखरा‘” उनलाई परिचित गराउने गीत हो ।

    लाउरे परिवारमा जन्मेका इश्वरको गीतसंगीतमा रुची सानै देखि हो । खेलकुद क्षेत्रमा पनि उनको लगाव थियो । बुवा लाउरे भएकाले गुरुङले सानै उमेरमा नै विदेशमा भ्रमण गर्ने अवसर पाए । हङकङ, सिंगापुर जस्ता देशहरुमा त उनले प्राथामिक तहको शिक्षा लिए । पछि नेपाल फर्केपछि उनको शिक्षाको औपचारिक यात्रा गण्डकी बोर्डिङ स्कुलबाट हुन थाल्यो ।

    हिमाल चुचुरे, गण्डकीको तिरैमा लगायतको सिर्जना उनले बोर्डिङ पढ्दा ताका नै गरे । कलेज लाइफ काठमाडौंमा बिताएका गुरुङ खेलकुदबाट जापान पुगे । केही समय कर्म गरिसकेपश्चात उनलाई संगीतको तलतलले खाली बस्न दिएन । केही जापानीज साथीहरुको साहयतामा ब्याण्डको स्थापना गरे ।

    गायन सँगै गुरुङले जापानमा इभेन्टको समेत आयोजना गर्न थाले । नेपालका नाम चलेका ब्याण्ड र गायकगायिकाहरुलाई जापान लगेर सांगीतिक कार्यक्रम गर्ने र त्यसबाट उठेको रकम सामाजिक कार्यमा खर्च गर्ने उद्देश्य स्वरुप उनी लागे । जसको निरन्तरता आज पनि छ ।

    नमस्ते ब्याण्डको ६ एल्बम आइसकेको छ । जसमा ४ वटा लय,शब्द र आवाज सहितको एल्बम छ भने २ वटा धुनहरुको मात्रै एल्बम रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।