Logo

२०८३, श्रावण २७गते


images
images

देवदह महोत्सवमा लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यको फोटो प्रदर्शनी

देवदह महोत्सवमा लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यको फोटो प्रदर्शनी

images
  • देवदह महोत्सवमा लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यको फोटो प्रदर्शनी
    images
    images

    देवदह ।  माघ २६ देखि देवदहको घोडाहामा संचालित देवदह महोत्सवमा लुम्बिनी प्रदेशका सबै जिल्लाका मुख्य पर्यटकीय गन्तव्यको फोटो प्रदर्शनी देख्न सकिन्छ । लुम्बिनी प्रदेश पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्रालय अन्तरगतको पर्यटन विकास परिषद बुटवलले महोत्सवमा प्रमुख पर्यटकीय गन्तव्यको फोटो प्रर्दर्शनी गरेको हो।

    images
    images
    images

    लुम्बिनी प्रदेशका ११ वटा जिल्लाका मुख्य पर्यटकीय स्थलको फोटो सहितको जानकारी महोत्सव सचिवालयको अगाडी देख्न सकिन्छ।  जसमा देवदहको भवानीपुरलाई समेत पर्यटन विकास परिषदले रुपन्देहीको मुख्य पर्यटकीय गन्तव्यमा समावेश गरेको छ । यद्यपि प्राविधिक कारणबस पश्चिम नवलपरासीको  मुख्य पर्यटकीय गन्तव्यको फोटो भने छुटेको जनाईएको छ।   

    images
    images
    images
    330256231_3438632743079833_5578011122754249226_n.jpg

    पर्यटन मन्त्रालयको व्यानरमा समावेश भएका मुख्य पर्यटकीय स्थलमध्ये रुपन्देहीको देवदह-४ स्थित भवानीपुर र लुम्बिनी रहेको छ । कपिलवस्तुको तिलौराकोट, पाल्पाको रानीमहल, अर्घाखाँचीको सुपादेउरालि मन्दिर, गुल्मीको रेसुंगा, बाँकेको बागेश्वरी माता मन्दिर, बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, पुर्व रुकुमको कमल दह, रोल्पाको जनयुद्ध स्मृति टावर, प्युठानको स्वर्गद्वारी मन्दिर र दाङको धारापानी धामलाई पर्यटन मन्त्रालयले जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यको रूपमा चित्रित गरेको छ । 

    images
    images
    images

    योसंगै महोत्सवमा देवदहको प्रस्तरकला र काष्ठकलामा कुदिएका सुन्दर तस्वीरलाई पनि महोत्सवमा अवलोकन गर्न मिल्ने व्यवस्था मिलाईएको छ।  साथै लुम्बिनी विकास कोषले समेत महोत्सवमा बुद्धसंग सम्बन्धित फोटोहरूको प्रदर्शनी गरेको छ । 

    329980722_1485408988655791_975259100797123384_n.jpg

    उद्योग व्यापार संघ देवदहद्वारा आयोजित सातौं देवदह महोत्सव फाल्गुन १० गतेसम्म संचालन हुनेछ । मेलामा १ लाख दर्शकलाई अवलोकन गराउने र १० करोडको व्यापार गर्ने लक्ष आयोजकले लिएको छ ।  

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।