देवदह । देवदह नगरपालिका वार्ड नम्बर ६ मा संचालन भएको १ दिने 'पाठेघरको मुखको क्यान्सर प्रारम्भिक परिक्षण शिविर'मा १ सय १ जना सहभागी भएको लायन्स क्लब अफ देवदहका अध्यक्ष विष्णु प्रसाद ज्ञवालीले बताएका छन्।
लायन्स क्लब अफ देवदह, लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीको संयुक्त आयोजना, देवदह नगरपालिका वडा नम्बर ६ को व्यवस्थापन र नेपाल परिवार नियोजन संघ रुपन्देही शाखाको प्राविधिक सहयोगमा संचालित उक्त शिविरमा १ सय १ जनाले पाठेघरको मुखको क्यान्सर प्रारम्भिक परिक्षण गरेका हुन्।
जस मध्ये २ जनाको पाठेघरमा मासु पलाएको भेटिएको, ६ जनाको पोजेटिभ रिपोर्ट आएको र पोजेटिभ रिपोर्ट आएको विरामीलाई परिवार नियोजन संघ रुपन्देही रिफर गरिएको, आङ्ग खसेका ३ जना विरामीलाई लुम्बिनी प्रादेशिक अस्पताल उपचारका लागि रिफर गरिएको अध्यक्ष ज्ञवालीले जानकारी दिए ।
देवदह नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष खेम बहादुर थापाको प्रमुख आतिथ्यता, ३२५ पी का सेकेन्ड गभर्नर पुरुषोत्तम प्रधानाङ्ग, जिल्ला ट्रेडर सदस्य ऋषिराम सापकोटा, लायन्स क्लब अफ बुटवल तिलोत्तमाका अध्यक्ष अर्जुन श्रेष्ठ, लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवीकी अध्यक्ष लक्ष्मी थैब,जोन १८ को अध्य्क्ष राम बहादुर गुरुङ पुर्व अध्यक्ष गुमन सिंह कुँवर क्षेत्रि, प्रकाश अर्याल, खेम नारायण अधिकारी,जसु पुन लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो।
कार्यक्रमको संचालन लायन्स क्लब अफ देवदहका सचिव गणेश क्षेत्रिले गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology