Logo

२०८३, कार्तिक २७गते


images
images

पोखराको महेन्द्रपुलमै सवारी दुर्घटनाः दुई जना घाइते, चालक प्रहरी नियन्त्रणमा

पोखराको महेन्द्रपुलमै सवारी दुर्घटनाः दुई जना घाइते, चालक प्रहरी नियन्त्रणमा

images
  • सेतोमसी सहकर्मी
  • पोखराको महेन्द्रपुलमै सवारी दुर्घटनाः दुई जना घाइते, चालक प्रहरी नियन्त्रणमा
    images

    राजेश पराजुली, पोखरा | पोखराको महेन्द्रपुलमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । महेन्द्रपुलमै बा १३ च २६६२ नम्बरको पजेरो गाडीले पैदलयात्रीलाई ठक्कर दिंदा सो दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता शिवप्रसाद पाठकका अनुसार घाइते हुनेमा म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं. ३ की ५२ वर्षकी फूलमाया विक र उनका १८ वर्षका छोरा विष्णु विक रहेका छन् ।

    images
    images
    images

    घाइते दुवैलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको छ । उनीहरुको अवस्था मध्यम रहेको बताइन्छ । महेन्द्रपुलको खाली जग्गामा पार्किङ गरेर राखेको गाडी पार्किङबाट निकाल्नेक्रममा साइकल यात्रीलाई ठक्कर दिंदै पुलको रेलिङमा ठोक्किन पुगेको थियो ।

    images
    images
    images

    सो गाडी पुलको रेलिङकै कारण सेती नदीमा खस्नबाट बचेको थियो । गाडी चालक तनहुँ शुक्लागण्डकीका चन्द्रबहादुर थापा प्रहरी नियन्त्रणमा छन् ।गाडीलाई क्रेनको सहायताले निकालेर जिल्ला प्रहरी कार्यालयमा पुर्याइएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखराको महेन्द्रपुल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।