Logo

२०८३, कार्तिक २७गते


images
images

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका पुर्व अध्यक्ष गौतमको निधनमा बजार बन्द

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका पुर्व अध्यक्ष गौतमको निधनमा बजार बन्द

images
  • सेतोमसी सहकर्मी
  • बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका पुर्व अध्यक्ष गौतमको निधनमा बजार बन्द
    images

    राजेश पराजुली, पोखरा । पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका पुर्व अध्यक्ष बलराम गौतमको निधन भएकोमा एशोसियसनले आफ्नो मातहतका व्यवसायीक प्रतिष्ठानहरू माघ २९गते आइतबार पुर्ण रूपमा बन्द गरेर शोक मनाएको छ ।

    images
    images
    images

    बुद्ध विशाल बजारमा आयोजना गरिएको शोकसभामा पुर्व अध्यक्ष गौतमको फोटोमा माल्यार्पण गर्दे एशोसियसनका अध्यक्ष केशव बहादुर खत्रीले आफुहरूले एउटा कुशल अभिभावक गुमाएको बताउदै यस दुःखद घडीमा स्वर्गीय बलराम गौतम प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दे परिवारजनमा धर्यधारणा गर्ने शक्ती भगवानले दिउन भन्दै स्वर्गीय गौतमको निधनमा बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको आकस्मिक बैठक बसी एशोसियसनले आफ्नो मातहतका व्यवसायीक प्रतिष्ठानहरू माघ २९ गते पुर्ण रूपमा बन्द गर्ने, संस्थाको झन्डा आधा झुकाउने र तिन दिनसम्म संस्थाका कुनै पनि औपचारिका कार्यक्रम नगर्ने निर्णय गरेको बताए ।

    images
    images
    images

    एशोसियसनले स्वर्गिय गौतमको सम्झनामा एक मिनेट मौनधारणा समेत गरेको थियो । पुर्व अध्यक्ष बलराम गौतमको माघ २८ गते बिरगंजमा निधन भएको थियो भने उनको पार्थिव शरिरलाई आइतबार बिहान पोखरा ल्याई तुलसीघाटमा अन्तिम दाहसंस्कार गरिएको हो । ५६ वर्षिय स्वर्गीय गौतमका श्रीमती र तिन छोरी रहेका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुद्ध विशाल बजार
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।