देवदह । रुपन्देहीको देवदह नगरपालिकामा
स्थानीय जनप्रतिनिधि र पत्रकारबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा सञ्चारकर्मीको टोली विजयी भएको छ।
नेपाल निजामति कर्मचारी संगठन देवदह नगर इकाई समितिद्धारा दोश्रो देवदह अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता-२०७९ को फाईनल खेलको पुर्व सन्ध्यामा आयोजित खेलमा जनप्रतिनिधिलाई ५–१ को फराकिलो गोल अन्तरले सञ्चारकर्मीले जित हासिल गरेको हो।
उक्त खेलमा पत्रकार खेलाडी सुरज भट्टाराई र मिन रानाले २/२ गोल र रेशम अधिकारीले १ गोल गर्न सफल भएका थिए। त्यस्तै देवदह नगरपालिकाका जनप्रतिनिधि टिमका तुलबहादुर चौधरीले एक गोल फर्काएका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology