Logo

२०८३, श्रावण २७गते


images
images

चितवनमा कृषिसम्बन्धि अन्तरास्ट्रिय प्रदर्शनी हुने

चितवनमा कृषिसम्बन्धि अन्तरास्ट्रिय प्रदर्शनी हुने

images
  • सेतोमसी सहकर्मी
  • चितवनमा कृषिसम्बन्धि अन्तरास्ट्रिय प्रदर्शनी हुने
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । चितवनमा कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी हुने भएको छ । यही माघ २७ देखि २९ गतेसम्म चितवन एक्स्पो सेन्टर भरतपुरमा हुने प्रर्दशनीको तयारी अन्तिम चरणमा पुगेको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले विगतका वर्षहरुझैं यस वर्ष पनि कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी पाँचौें नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी गर्न लागेको हो ।

    images
    images
    images

    प्रर्दशनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीहरूका एक सय ५० भन्दा बढी स्टलहरु रहने आयोजकले बताएका छन् । प्रर्दशनीमा कृषिका कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसीपालन, डेरी लगायत कृषिका नविनतम औजार, उपकरण, केराखेती, थोपा सिचाई, बिषादी रहित कृषि इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।

    images
    images
    images

    प्रर्दशनीमा देश भरीबाट बढीभन्दा बढी कृषि उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा आयोजकले विश्वास लिएको छ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्‍याउने साना-साना औजार, मेसिनदेखि लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला–ठूला उपकरणहरुको प्रदर्शनी लगायत डेमो पनि गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्‍याउन यो प्रदर्शनी कोशे ढुंगा सावित हुने आयोजकको विश्वास छ ।

    images
    images
    images

    प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।

    पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी संगै नेपाल फुड एन्ड बेभेरेज एक्स्पो पनि आयोजना हुन गइरहेको छ । फुड एण्ड बेभेरेज एक्स्पो अन्तर्गत होटेल तथा रेस्टुरेन्ट, होस्टेल, क्याफे, क्याटेरिंग लगायतका व्यवसायमा प्रयोग हुने विभिन्न खाद्यान्न सामग्री तथा उपकरणहरु समावेश रहने छन् ।

    समस्त कृषि तथा पशुपन्छी क्षेत्रको विकास र समृद्धिको लागि हुन गैरहेको यस प्रदर्शनीमा देशभरीबाट आउनु हुने कृषकहरुलाई कृषि प्रविधि, कृषिका विभिन्न विधाहरुका बारेमा जानकारी गराउने कार्यक्रम समेत रहेको छ । यस प्रर्दशनीलाई सफल बनाउनका लागि प्रबर्द्धकका रुपमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि साझेदारको रुपमा मुक्तिनाथ कृषि कम्पनी तथा सह प्रायोजकका रुपमा ल्याण्डफोर्स र जगतजित रहने छन् ।

    प्रर्दशनीमा सहयोगी संस्थाको भूमिकामा कृषि तथा पशुपन्छी विकाश मन्त्रालय, कृषि विभाग, पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कृषि सहकारी केन्द्रिय संघ लि., नेपाल पोल्ट्री महासंघ, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल चेम्बर अफ कमर्स, चितवन उद्योग संघ लगायतका विभिन्न संघ संस्थाहरु रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।