Logo

२०८३, आश्विन ९गते


images
images

बुटवल क्षेत्रमा आजदेखि एक हप्ता नियमित विद्युत् सेवा अवरुद्ध हुने

बुटवल क्षेत्रमा आजदेखि एक हप्ता नियमित विद्युत् सेवा अवरुद्ध हुने

images
  • बुटवल क्षेत्रमा आजदेखि एक हप्ता नियमित विद्युत् सेवा अवरुद्ध हुने
    images
    images

    रुपन्देही । बुटवल क्षेत्रमा आजदेखि एक हप्ता नियमित विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखाले सार्वजनिक सूचना निकालेर आजदेखि एक सातासम्म बत्ती जाने जानकारी दिएको छ ।

    images
    images
    images


    कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासीको सुनवल नगरपालिका १३ बडेरास्थित न्यू बुटवल सबस्टेसन नजिकै पर्ने आयोजनाको एमसीटी १६ को पावर इरेक्सन कार्य गर्नका लागि माघ २५ गतेदेखि फागुन ३ गतेसम्म प्रत्येक दिन बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म बुटवल–बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन सट डाउन हुने महाशाखाले जनाएको छ।

    images
    images
    images


    सट डाउन हुँदा बुटवल ग्रिड महाशाखा अन्तर्गत रहेका सुनवल, बुटवल तथा मैनिहवा सबस्टेसनहरूबाट सञ्चालित औद्योगिक तथा आवश्यकताअनुसार गार्हस्थ्य फिडरहरू बत्ती जाने प्राधिकरणले जनाएको हो।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विद्युत् सेवा अवरुद्ध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।