देउखुरी (दाङ) । लुम्बिनी प्रदेश सभाको छैंठौं स्थापना दिवस शनिवार विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपालको संविधान २०७२ को धारा १७६ को प्रावधान अनुसार “लुम्बिनी प्रदेश सभा” स्थापना भएको आज ५ वर्ष पुरा भएको छ ।
२०७४ मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न संघ र प्रदेशको निर्वाचन पश्चात २०७४ माघ ७ गते प्रदेश सभाका सदस्यहरुको सपथ ग्रहण पश्चात आजकै दिन २०७४ माघ २१ गते प्रदेश सभाको पहिलो बैठक सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रियता र सार्बभौमिकताको रक्षाको नेपालीले पुरानो योगदान अतुलनीय रहेको र सरकारसंग ठुलो अपेक्षा रहेको त्यो प्रदेश सरकारले पुरा गर्न सक्नु पर्न बताए । उनले जनताको जनजिबिका संग सम्बन्धित ऎन कानुन निर्माणमा जोड दिन सुझाव दिए । उनले स्वाधीन अर्थतन्त्रको रक्षा गर्ने जिम्मेवारी पनि प्रदेशलाई थपिएको बताए ।
समारोहमा मुख्यमन्त्री माननीय लिला गिरिले पहिलो सभाले धेरै अनुभव दिएको बताउंदै समृद्धिको लागि काम गर्नुपर्ने बताए । संघीयताको मर्म अनुसार जनताको काम गर्न प्रदेश सरकार घर दैलोमा आएको बताउनु हुँदै उनले प्रदेश सरकारको औचित्य अझै बढेको बताए ।
समारोहमा सभामुख माननीय तुलाराम घर्ती मगरले जनताका आधारभूत आवश्यकता र समाजका उच्चतम आकांक्षाहरु पुरा गर्ने मार्ग चित्र कोर्ने कानुन निर्माण गरेको बताए । संघीय गणतन्त्रको जगलाई मजबुत एवम विकशित बनाउने कार्य प्रदेश सभाका ५ बर्ष विशेष महत्वका रहेका उनको भनाई छ ।
समारोहमा प्रमुख प्रतिपक्ष दलका नेता माननीय दिल्ली बहादुर चौधरीले सहकार्य गरेर प्रदेशलाई समृद्व बनाउने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा स्थापना कालमा प्रदेश सभा सचिवालयको लागि भवन उपलब्ध गराउने उधोग बाणिज्य संघ बुटवल , नेपाल मानव सेवा धर्म समिती , बुटवल महिला जेसिज, पश्चिमाञ्चल पेट्रोलियम िडलर एशोसियन बुटवललाई कृतज्ञता सहित सम्मान गरिएको थियो ।
त्यसैगरि मैत्रीपुर्ण भलिबल प्रतियोगितामा बिजेता र सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology