दाङ । लुम्बिनी प्रदेश सभाको छैठौ स्थापना दिवस आज मनाइँदैछ ।
राप्ती उपत्यका देउखुरी प्रदेश सभा परिसरमा औपचारिक समारोहकाबीच प्रदेश स्थापना दिवस मनाउन लागिएको हो ।
२०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेकै दिनलाई हरेक वर्ष स्थापना दिवसका रुपमा मनाउने गरिएको छ।
लुम्बिनी प्रदेशसभा अन्य प्रदेशको तुलनामा कानुन निर्माणमा अगाडि रहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभ पुनले बताए । प्रदेश सभाको पहिलो कार्यकालमा मात्रै ७२ वटा विधेयक सभाबाट पारित गरेको उनले जानकारि दिए ।
प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री लिला गिरीले पाँच वर्षको अवधिमा प्रदेशको नाम राजधानी तोक्ने, त्यसलाई कार्यान्वयन गर्नेजस्ता महत्त्वपूर्ण काम गरेको बताए ।
उनले ‘समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी’को लक्ष्य बोकेर प्रदेश सरकार अघि बढिरहेको बताए । ‘प्रदेश सरकारले संघीयता कार्यान्वयका साथै विकास, समृद्धि र सुशासनलाई केन्द्रविन्दुमा राखेर कार्यसम्पादन गरिरहेको छ,’ उनले भने ।
मुख्यमन्त्री गिरिले मिनी नेपालका रुपमा लुम्बिनी प्रदेशलाई व्यवस्थित गर्न सरकार लागिपरेको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology